• १२ साउन २०८१, शनिबार

उपप्रमुखका उम्मेदवारद्वारा मनोनयन फिर्ता

blog

चितवन समाचारदाता

चितवन, वैशाख १६ गते । चितवनको माडी नगरपालिकामा नेकपा एमालेका उपप्रमुखका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुुभएको छ । एमालेका तर्फबाट उपप्रमुुखमा उम्मेदवारी दर्ता गराउनुुभएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो । 

माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएको नेकपा चितवन प्रचार विभाग प्रमुख रविकिरण पौडेलले जानकारी दिनुभयो । 

दुवै पार्टीले माडीमा एक कार्यक्रम आयोजना गरी तालमेलको सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको जानकारी दिएको छ । वैशाख १२ गते उम्मेदवारी दर्ताको दिन दुई पार्टीबीच अन्तिम समयमा तालमेल भएकाले आचार्यले एमालेका तर्फबाट उपप्रमुुखमा उम्मेदवारी दिनुभएको थियो  । 

नेकपा एमाले र राप्रपाबीचमा तालमेल भए पनि बाँडफाँटको विषय न्यायोचित नभएको भन्दै विवाद भएको थियो । विवाद भएको विषयमा पछि छलफल गर्ने र अहिलेलाई प्रमुखमा राप्रपाले र उपप्रमुखमा एमालेले सघाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख पौडेलले बताउनुभयो ।  उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै उपप्रमुखका उम्मेदवार आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावनाअनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउनुभयो । राप्रपाका तर्फबाट उपप्रमुख मदन पौडेलले उम्मेदवारी दिनुभएको छ ।