• १२ साउन २०८१, शनिबार

२९ औं पासाङ ल्हामु दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न

blog

काठमाडौं, बैशाख १० गते । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको २९ औं स्मृति दिवश विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बैशाख १० गते पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली महिलाको रुपमा सगरमाथाको आरोहण गरेको दिनलाई उहाँको नाममा स्थापित पासाङ ल्हामु फाउण्डेशनले विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ ।  

२०५० साल बैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा उहाँको मृत्यु भएपछि आजको दिनलाई स्मृति दिवशकाे रुपमा मनाउने गरिएकाे छ । पासाङ ल्हामु फाउण्डेशनले चावाहिलको चुच्चेपाटी स्थित पार्कमा रहेको सालिकमा पुजा र खदा ओडाएर सम्मान कार्यक्रम गरेको प्रतिष्ठानका उपाध्यक्ष लाक्पाफुटी शेर्पाले जानकारी दिनुभयो । प्रतिष्ठानले शनिबारनै लैनचौर स्थित मल्ल होटलमा सफल महिलाको उदाहारण र सफल हुनुको कारणहरु बारे प्यानल छलफल समेत गरेको छ । छलफलमा महिला माथिको विभेद् र लैङगिक समनतामा भएको असमानतालाई चिर्न नयाँ पिढीँले पनि नयाँ कदम चाल्नु पर्ने आवस्यकता भएको कार्यक्रममा सहभागि साइकल खेलाडी अनिसा गुरुङले बताउनुभयो । 



कार्यक्रममा प्यानलिष्टको रुपमा होटल व्यवसायी अम्विका श्रेष्ठ, डा.लामो याङछेन शेर्पा र अनिसा गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाइ गर्ने महिला, पर्वतारोही तथा संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्नु हुँदै फाउण्डेशनका अध्यक्ष एवं पासाङ ल्हामु शेर्पाकी जेठी छोरी दावा फूटी शेर्पाले आमाले लिएको उदेश्य र सपनालाई पुरा गर्न फाउण्डेशनले दुर्गम हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्यमा सहयोग र जीविकोपार्जन सीपहरु प्रदान गर्दै आई रहेको बताउनुभयो । आउने दिनमा सेवाभावले फाउण्डेशनले समाजमा योग्दान दिने लक्ष्य राखेको उहाँले बताउनुभयो ।