• १३ साउन २०८१, आइतबार

कुटपिटबाट एक युवकको मृत्यु

blog

साङ्केतिक तस्बिर

ललिता साह
वोदेवर्साइन (सप्तरी), वैशाख १४ गते ।
सप्तरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाको खडक नगरपालिका–४ पन्सेरा टोलमा बुधवार अपराह्न ४ बजे जन्ती जाने क्रममा डिजेको विषयलाई लिएर युवाहरुबीच विवाद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले विवाद बढ्दै गएपछि दुवै पक्षबीच कुटपिट हुँदा पासवानको मृत्यु भएको जानकारी दिनुभयो ।

कुटपिटबाट गम्भीर घाइते भएका पासवानको विराटनगरस्थितनोबेल अस्पतालमा बुधबार अपराह्न ४ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कुटपिटमा संलग्न रहेको मानिसहरूको पहिचान हुन नसकेको र प्रहरीले खोजतलास जारी राखेको प्रवक्ता काफ्लेले बताउनुभयो । यद्यपि, एक जना शंकास्पद व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रवक्ता काफ्लेले बताउनुभयो ।