सर्लाही समाचारदाता
सर्लाही, वैशाख १४ गते । स्थानीय तह निर्वाचनका लागि सर्लाही, महोत्तरी र रौतहटको नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ । मङ्गलबार महोत्तरीको बर्दिबासमा बसेको तीन जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीमामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीबीचको संयुक्त सीमा समन्वय बैठकले मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि सीमा नाका सिल (बन्द) गर्ने निर्णय गरेको हो ।
नेपालका तर्फबाट सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको नेतृत्वमा बसेको बैठकमा महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारी, महोत्तरी र सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थिति थियो ।
यस्तै बैठकमा तीनवटै जिल्लाका भन्सार कार्यालयका प्रमुखको पनि उपस्थिति थियो । भारतको तर्फबाट भने सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा त्यहाँका प्रहरी प्रमुख, भन्सार प्रमुख र एसएसबीका अधिकारीको उपस्थिति थियो ।
बैठकमा विहारको स्थानीय निर्वाचनमा नेपालका अधिकारीबाट पाएको सहयोगका लागि भारतीय पक्षले धन्यवाद व्यक्त गर्नुका साथै नेपालमा वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने भारतीय पक्षले प्रतिबद्धता व्यक्त गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागूऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मुद्राको कारोबार नियन्त्रण तथा नेपालमा हुन लागेको स्थानीय तह निर्वाचन २०७९ मा सुरक्षा संवेदनशीलताको विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                