नाचगान गर्दै मतदाता रिझाउँदै
स्थानीय सरकारमा जनताका प्रतिनिधि चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनको रौनक बढेको छ । दलहरूले चुनाव लक्षित गतिविधि बढाएपछि कैलालीमा पनि चुनावी रौनक बढेको हो । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दलहरूले नाचगान गर्दै मतदाता रिझाउने कार्य गरिरहेका छन् ।
पाँचदलीय गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक
स्थानीय तह निर्वाचनमा चितवन जिल्लामा तालमेल गरेका पाँचदलीय सत्ता गठबन्धनले मङ्गलबार भरतपुरमा निर्वाचनलाई लक्षित गरी साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन, भरतपुर महानगरपालिका समितिले भरतपुुर महानगरको र लोकतान्त्रिक वाम गठबन्धन चितवनले जिल्लाको समग्र प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
खलंगामा पुरुषको शव फेला
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ खलंगामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१ चौर गाँउका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।
एकल महिलाको समस्या समाधान गर्न माग
लुम्बिनी प्रदेशका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका उम्मेदवारलाई आह्वान गरेका छन् । स्थानीय तहको निर्वाचनमा एकल महिलाको मत निर्णायक हुने भएकाले आफ्ना समस्यामा ध्यान दिन एकल महिलाले उम्मेदवारको ध्यानाकर्षण गराएका हुन् ।
आचारसंहिता पालना गर्न निर्देशन
निर्वाचन अधिकृतको कार्यालय दमकले आचारसंहिता पालनाका लागि राजनीतिक दललाई सचेत गराएका छन् । राजनीतिक दलले नै आचारसंहिता बनाएकाले त्यसलाई पूर्ण पालना गर्न राजनीतिक दललाई निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।
मतपत्र आइपुग्यो, निर्वाचन सामग्री पठाउने तयारी
स्थानीय तह निर्वाचनमा दार्चुलाका लागि आवश्यक पर्ने मतपत्र जिल्ला सदरमुकाम खलङ्गा आइपुगेको छ । दार्चुलाका नौवटै स्थानीय तहका लागि ९० हजार नौ सय मतपत्र आइपुगेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुलामा मतपेटिकालगायत सामग्री यसअघि नै आइपुगेका छन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार निर्वाचन सामग्री गाउँ पठाउने तयारी भइरहेको छ, धामीले भन्नुभयो । उहाँले निर्वाचनका लागि चाहिने आवश्यक सामग्री दार्चुला आइपुगेको र सबै सामग्री चेकजाँच गरेर प्याकिङको काम भइरहेको जानकारी दिनुभयो । वैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन स्थल र मतदान केन्द्रमा
बुटवलको चुनावी नारा : सुकुम्बासी समस्या समाधान
बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई प्रमुख चुनावी नारा बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान नै रहेको बताउनुभयो ।
एमाले–राप्रपाको घोषणापत्र : पूर्वाधारलाई प्राथमिकता
बागलुङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गरेका छन् । एमालेले नगरप्रमुख र राप्रपाले उपप्रमुखको भागबन्डा गरी चुनावी गठबन्धन गरेका हुन् । एमालेले प्रमुखमा प्रदेश कमिटी सचिवालय सदस्य जनकराज पौडेल र राप्रपाले जिल्ला समिति सदस्य सञ्जय खड्कालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पहिलो स्थानीय तह निर्वाचनमा पनि चुनावी तालमेल गरेका दुई दल दुवै पदमा विजयी भएका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले र राप्रपाले आइतबार चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् ।
टेकोको भरमा साततले दरबार
सात वर्षअघिको भूकम्पले जीर्ण अवस्थामा रहेका नुवाकोटको साततले दरबारलगायतका पुरातात्त्विक महत्त्वका सम्पदा अझै टेकोका भरमा छन् । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्ने भनिएको नुवाकोटको साततले दरबार सङ्ग्रहालय अझै टेकोको भरमा अडेको छ ।
अब नढाँट्न सुकुम्बासीको आग्रह
राजनीतिक दलहरूले हरेक निर्वाचनमा प्रमुखताका साथ उठाउने सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान नहुँदा सकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू चिन्तित बनेका छन् । आफूहरू सधैँ भोट बैङ्कका रूपमा मात्र प्रयोग भइरहेको भन्दै उनीहरूले अब धेरै नढाँट्न उम्मेदवार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका–१२, रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब चार सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ । शुक्रबार साँझदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।
इनरुवामा चुनावी घरदैलो
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा प्रमुख चार दलका उम्मेदवार चुनावी घरदैलो अभियानमा छन् ।नगरप्रमुख र उपप्रमुखसहित वडाध्यक्षसम्मले आफ्नो पार्टी र आफूलाई मतदानका लागि आग्रह
अझै बनेन झोलुङ्गे पुल
भारतीय अतिक्रमणको पीडा सहँदै आएको पश्चिम नवलपरासीको सुस्तालाई जोड्नेगरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुल निर्धारित समयमा बन्न नसक्ने भएको छ ।
सुर्खेत प्रदेश अस्पताल उत्कृष्ट
सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्ट छनोट भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो ।
घरदैलो अभियान तीव्र
सिन्धुली जिल्लामा स्थानीय तहका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सत्तरूढ गठबन्धनका दलमध्ये नेपाली काँग्रेस पाँचवटा र नेकपा (माओवादी केन्द्र)ले चारवटा स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका छन् । नेकपा एमाले सबै स्थानीय तहमा एक्लै चुनावी प्रतिस्पर्धामा
विकासलाई साकार पार्न श्रम आवश्यक छ : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विकासका योजनालाई साकार पार्न श्रम आवश्यक हुनेमा जोड दिनुभएको छ ।मजदुर दिवस २०२२ को अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकको विकासको सम्भावनालाई उजागर गर्न श्रमको अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन गठबन्धन गरेकाे हाे: कांग्रेस नेता पौडेल
काठमाडाैं, वैशाख १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भएकाे बताउनुभएकाे छ ।तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताउनुभएकाे हाे। उहाँले लोकतन्त्रिक संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गर्नुभयाे । उहाँले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयाे ।
सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना चाप
भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययन तथा अध्यापनको वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण विराटनगरको पोखरीया माध्यमिक विद्यालय बनेको छ ।
मिचाहा झार हटाएर बेसार खेती
झापाको जलथलको जङ्गललाई चारकोसे झाडीको रूपमा पनि चिनिन्छ । सो जङ्गल क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिका बोट बिरुवालाई माइकेनिया अर्थात् मिचाहा झारले निकै सताएको थियो । ती झार हटाएर गरिएको बेसार खेतीबाट स्थानीयले राम्रो आम्दानी लिइरहेका छन् । सो वन क्षेत्रबाट २५० हेक्टरको माइकेनिया हटाइसकिएको छ ।
सिमानामा संयुक्त गस्ती
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बाँकेस्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । अन्य समयमा दुवै देशका सुरक्षाकर्मीले आआफ्नो देशभित्र गस्ती गर्दै आएकोमा निर्वाचनका बेला हुन सक्ने कुनै पनि गैरकानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती गरिरहेका छन् ।
अलपत्र नमुना थारूग्राम
थारू जातिले बसोबास गर्ने घरसँगै कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिब १३ वर्ष पहिले स्थापना भएको सिसहनिया नमुना थारूग्राम अलपत्र अवस्थामा रहेको छ । आर्थिक अभावसँगै नमुना थारूग्राम सञ्चालनका लागि नयाँ पुस्तामा
पौडेलले लिनुभएन उम्मेदवारी फिर्ता
सत्ता गठबन्धनको उम्मेदवारका विरुद्धमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले निर्वाचन कार्यालयबाट तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिनुभएन ।
जीर्णपुलबाट २७ टनको उपकरण ओसारपसार गरिँदै
सिन्धुपाल्चोक र दोलखा जिल्लाको लाइफलाइन मानिने खाडीचौर पुलबाट २७ वटकभन्दा बढी वजनका सामान ओसारपसार भइरहेको छ ।
आइपुुगे निर्वाचन सामग्री
स्थानीय तहको निर्वाचनका लागि मतपत्र र अन्य निर्वाचनसम्बन्धी सामग्री जिल्लामा आइपुुगेको छ । नियमित रूपमा हवाई यातायात सञ्चालन नभएको बेला नेपाली सेनाको जहाज र हेलिकप्टर चार्टर गरी ती सामग्री ढुवानी गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुुर रानाका अनुुसार निर्वाचन आयोगबाट जिल्लाका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री हुम्ला आइपुुगेको छ । उहाँले ५४ प्रकारका निर्वाचन सामग्री नेपाली सेनाको जहाजबाट र ३८ हजार थान मतपत्र हेलिकप्टरबाट आयोगको प्रदेश कार्यालय सुुर्खेतबाट हुम्ला ल्याइएको बताउनुभयो ।