• १३ साउन २०८१, आइतबार

हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध

blog

कावासोती–१२ रुदौलीमा हावाहुरीले ढालेको पोल

मीना कँडेल

कावासोती, वैशाख १८ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका–१२, रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब चार सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ । शुक्रबार साँझदेखि विद्युत् आपूर्ति बन्द भएको छ । 

विद्युत् प्राधिकरण कावासोती शाखाले धेरै स्थानमा हावाहुरीले पोल ढलेका कारण नयाँ पोल पठाउने र काममा खटाउन थालिएको जानकारी दिएको छ । प्राधिकरणका कर्मचारी नमराज कडरियाले धेरै स्थानमा पोल ढलेकाले मर्मतको काम थालिएको र दुई दिनभित्र विद्युत् आपूर्ति गर्ने प्रयास भइरहेको बताउनुभयो ।