• १६ असार २०८१, आइतबार

आइपुुगे निर्वाचन सामग्री

blog

तस्बिर : राजन रावत - नेपाली सेनाको जहाजद्वारा ल्याइएका मतपत्र र निर्वाचन सामग्री सिमकोट विमानस्थलमा ।

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १६ गते । स्थानीय तहको निर्वाचनका लागि मतपत्र र अन्य निर्वाचनसम्बन्धी सामग्री जिल्लामा आइपुुगेको छ । नियमित रूपमा हवाई यातायात सञ्चालन नभएको बेला नेपाली सेनाको जहाज र हेलिकप्टर चार्टर गरी ती सामग्री ढुवानी गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुुर रानाका अनुुसार निर्वाचन आयोगबाट जिल्लाका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री हुम्ला आइपुुगेको छ । उहाँले ५४ प्रकारका निर्वाचन सामग्री नेपाली सेनाको जहाजबाट र ३८ हजार थान मतपत्र हेलिकप्टरबाट आयोगको प्रदेश कार्यालय सुुर्खेतबाट हुम्ला ल्याइएको बताउनुभयो । 

जिल्लामा आइपुुगेका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ भने अन्य निर्वाचनसम्बन्धी सामग्री भने जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि वैशाख २० र २१ गते निर्वाचनसम्बन्धी अभिमुुखीकरण तालिम दिइने निर्वाचन कार्यालयले जनाएको छ । 

मुुख्य निर्वाचन अधिकृत जगत्बहादुुर पौडेलका अनुुसार जिल्लामा तोकिएका ५४ वटा मतदान केन्द्रका लागि २०२ जना कर्मचारी खटिने छन् । उहाँले एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरी कम्तीमा तीन जना कर्मचारी खटिने बताउनुुभयो ।