• १४ असार २०८१, शुक्रबार

सुर्खेत प्रदेश अस्पताल उत्कृष्ट

blog

तस्बिर : नवीन शाही प्रदेश अस्पताल सुर्खेत ।

काँक्रेविहार समाचारदाता

सुर्खेत, वैशाख १८ गते । सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्ट छनोट भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो । निक साइमन इन्स्टिच्युटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनसम्बन्धी देशभरका प्रदेशस्तरीय अस्पतालको अध्ययन गरेको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा प्रदेश अस्पतालले ७९ प्रतिशत अङ्कभार प्राप्त गरी देशभरकै उत्कृष्ट घोषित भएको हो ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काका अनुसार देशभर रहेका दोस्रो तहअन्तर्गत ‘बी ग्रेडका’ अस्पतालहरूको ‘गभर्नेन्स एन्ड म्यानेजमेन्ट’ (आर्थिक लेखा, प्रशासन, सुशासन), ‘क्लिनिकल सर्भिस म्यानेजमेन्ट’ (अस्पताल फार्मेसी, अपरेसन थ्रियटरको व्यवस्थापन तथा सञ्चालन), र अस्पतालका सेवासम्बन्धी अध्ययनमार्फत मूल्याङ्कन गरिएको थियो । जसमा ‘गभर्नेन्स एन्ड म्यानेजमेन्ट’अन्तर्गत ७८ प्रतिशत, ‘क्लिनिकल सर्भिस म्यानेजमेन्ट’ अन्तर्गत ७७ प्रतिशत र अस्पताल सेवासम्बन्धी ८३ प्रतिशत अङ्कभार प्राप्त गरेको छ । 

अस्पतालले प्रादेशिक तहका अन्य अस्पतालभन्दा मुख्य गरी चारवटा प्रमुख सेवा प्रदान गर्न सफल भएको अस्पतालका निर्देशक प्रा.डा. खड्काले बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीले न्युरो, स्पाइन सर्जरी, आँखा रोगसम्बन्धी उपचारको लाभ लिन पाएका छन् । आँखा रोगको उपचारलाई थप व्यवस्थित गर्न आँखा अपरेसनका लागि विशेषज्ञ जनशक्ति र पूर्वाधारको तयारीमा जुटिरहेको छ । 

प्रसव व्यथा लामो भएर हुने समस्या ‘अब्स्ट्रेटिक फिस्टुला’को अपरेसन अस्पतालबाटै हुने गरेको छ । यो सेवा सञ्चालनका लागि अस्पतालले १७ श-याको छुट्टै भवन प्रयोग गरिरहेको छ, यसमा बिरामीको यातायात खर्च, बिरामी कुरुवा खर्चलगायत निःशुल्क गरेको छ । अस्पतालमा आकस्मिकबाहेकका चिकित्सक, स्वास्थ्यकर्मीहरूको कार्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । अस्पतालबाट उपचार हुन नसकेका बिरामीलाई निजी क्लिनिकहरूमा रिफर गर्न पूर्ण रूपमा बन्देज गरिएको निर्देशक प्रा.डा. खड्काले बताउनुभयो । 

प्रदेश अस्पतालमा आठ महिनाअघिको तुलनामा सेवाग्राहीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । हाल दैनिक अनुपातमा एक हजार बिरामीले सेवा लिइरहेका छन् । अस्पतालको सेवा सञ्चालनका लागि ४४ जना विशेषज्ञ डाक्टरहरूबाट १७ प्रकारका सेवा प्रदान भएको छ । 

तीन सय शøया क्षमताको पूर्वाधार बने पनि २५० श-या अस्पताल सञ्चालनमा छ । यीमध्ये कर्णाली प्रदेश सरकारले १५० शøया सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेको छ भने अस्पताल व्यवस्थापन समिति आफैँले एक सय श-या थप सेवा प्रदान गर्दै आएको छ ।