केन्द्रीय अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य तीव्र
भरतपुर केन्द्रीय अस्पतालको नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको छ । ६०० भन्दा धेरै शøया रहेको भरतपुर अस्पतालको आकस्मिक कक्षमा १२ वटा मात्र शøया छन् । अस्पतालमा बिरामीको चापअनुसार अहिले रहेको आकस्मिक कक्ष कामचलाउका रूपमा मात्र रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डा. कृष्ण पौडेलले बताउनुभयो । साँघुरो भएका कारण अन्य थप सेवा त्यही स्थानबाट दिन कठिन हुने गरेको अस्पतालले जानकारी दिएको छ । “आकस्मिक कक्ष राम्रो नहुँदा सेवा दिन समस्या हुँदै आएको छ, अब निर्माण हुने इमर्जेन्सी कक्षबाट सेवा दिन सहज हुने छ,” पौडेलले भन्नुभयो ।
निर्वाचनले नछोएको सुकुम्बासी बस्ती
विराटनगर महानगरपालिकाका चोकदेखि गल्लीसम्म निर्वाचनका चहलपहल बढ्न थाल्दा महानगरकै एउटा बस्ती भने सुनसान छ । महानगरको पूर्वतर्फ कटहरी गाउँपालिकासँगको सिमाना छुट्याउँदै अविरल बगेको सिङ्घिया खोलाको डिलमा रहेको सुकुम्बासी बस्तीमा भने निर्वाचनको रौनक पुगेकै छैन । दैनिक ज्यालादारीबाट बिहान बेलुकीको गाँस टार्ने बाध्यतामा रहेका बस्तीका स्थानीयला
निर्वाचन अधिकृतको कार्यालय स्थापना
सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख १० गते । आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुली जिल्लामा बिहीबार नौवटै पालिकामा स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य आठवटा पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार दुधौली नगरपालिकाको दुधौली, तीनपाटन गाउँपालिकाको चकमके, फिक्कल गाउँपालिकाको खाङसाङबेँसी, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, घ्याङलेख गाउँपालिकाको बस्तीपुर, सुनकोसी गाउँपालिकाको रामटार, मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । स्थानीय तह निर्वाचनको प्रक्रियाअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृत सापकोटाले निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति व्यवस्थापन भइसकेको र नौ जना कर्मचारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि सिन्धुली जिल्लामा एक हजार ३३८ कर्मचारी खटिनेछन् ।”नुवाकोट समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि नुवाकोटको १२ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विदुरमा एक कार्यक्रमबीच जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेल र प्रमुख जिल्ला अधिकारी नारायण रिसालले कार्यालय उद्घाटन गर्नुभएको थियो । लुइँटेलले कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थाको अनुगमन गर्ने बताउनुभयो ।बनेपा समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनको तयारीका लागि काभ्रेको १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लाको धुलिखेलमा रहेको शिक्षा विकास तालिम केन्द्रपरिसरमा मुख्य तथा धुलिखेल नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले स्थानीय तहको निर्वाचनका लागि जिल्लाको सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले काभ्रे जिल्लामा १८९ मतदान स्थल, ३८१ वटा मतदान केन्द्र रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत भट्टराईले काभ्रेमा एक हजारभन्दा बढी मतदाता भएका ३७ वटा र ५०० भन्दा बढी एक हजारभन्दा कम मतदाता भएको ३४२ वटा मतदान केन्द्र रहेको बताउनुभयो । काभ्रेमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् ।
भारतमा सङ्क्रमण बढ्न थालेपछि नाकामा कडाइ
केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ ।
सडक बनाउन हेलिकप्टरमार्फत मेसिन ढुवानी :छाङरुमा नेपाली सेनाको क्याम्प राखिने
लोकेन्द्र जोशीदार्चुला, वैशाख १० गते । दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्विपमेन्ट) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२, दुम्लिङसम्म मेसिन ओसार्ने काम गरिरहेको हो ।सडक बाटो नभएपछि हेलिकप्टरले स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट ढुवानी गरिरहेको छ ।मेसिनका स–साना पार्टभित्र राखेर ओसारिरहेको छ भने ठूला पार्ट झुन्ड्याएर ल्याउने गरेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि बिहीबार सुरक्षा अधिकारीले सडकको हवाई निरीक्षण गरेका थिए । नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल, २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्डअन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको नेपाली सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो ।चालू आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएको छ । क्याम्प राख्ने तयारीदार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका–१, छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका–२, कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । क्याम्प स्थापना हुने ठाउँको नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकसमेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । नेपाली सेनाले दार्चुला–टिङ्कर सडक निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डीपीआर तयार गरेर नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्ती घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डीपीआर तयार गरेर सडक निर्माण गरिरहेको छ । तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३, तुसरपानीमा वर्षात्का कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेको बताइएको छ ।
नमुना ढल प्रशोधन केन्द्र निर्माण
बुटवल समाचारदाताबुटवल, वैशाख १० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । घरबाट निस्किने फोहोर पानीलाई व्यवस्थित ढलमा जोडेर प्रशोधन केन्द्रसम्म पु¥याउने र त्यहाँ प्रशोधनपछि सिँचाइलगायतमा प्रयोग गर्न मिल्नेगरी १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको ढल प्रशोधन केन्द्रबाट त्यस क्षेत्रका हजारौँ स्थानीय लाभान्वित भएका छन् । सङ्घीय सरकारको सहयोगमा खानेपानी उपभोक्ता समितिमार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माण भएको हो । वडाका विभिन्न टोलबाट फोहोर पानी ढलमार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजनामार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महìवपूर्ण टेवा पु¥याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ भने वडा नम्बर ४ मा पाँच सय घरको ढल प्रशोधन केन्द्रमा लगिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्थामार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।ढल प्रशोधन गरी पानी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँदयाममा सुक्खा रहने घमाहा खोलामा पानी बग्न थालेको छ ।
काठमाडौँको फोहोर पुनः रोक्ने चेतावनी
भउचप्रसाद यादवकाठमाडौँ (मुड्खुभन्ज्याङ), वैशाख १० गते । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ ।सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुपिँ्रदै आएको छ ।सो सडकखण्डको निर्माण गरिदिन प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमा पटक–पटक धाउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।सडक विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन । सातौँ पटकको म्याद गत वर्ष चैतमै सकिए पनि काम भने ४० प्रतिशत मात्रै भएको छ । स्थानीयवासीले सो सडक निर्माणको माग गर्दै संयुक्त सङ्घर्ष समिति गठन गरी मुड्खुभन्ज्याङदेखि तीनपिप्ले खण्डमा फागुन १ देखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने गरिन्छ ।यसै क्रममा सङ्घर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो सडक निर्माण गर्न स्थानीयवासीसँग भएको सहमतिको म्याद सकिए पनि निर्माण सुरु हुन नसकेकाले पुनः काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने सवारीसाधन अवरोध गर्ने जनाएको छ । समितिका संयोजक भवनाथ गजुरेलले निर्माण सम्पन्न नहुँदा सडकमा समान्य हिँडडुल गर्नसमेत कठिन भएको र दैनिक सवारीसाधन दुर्घटनामा पर्ने गरेको, स्थानीयवासीमा दमजस्ता रोग बढेको, पर्यटनलगायतका व्यवसाय चौपट्टै बनेको बताउनुभयो । उहाँले सडक कालोपत्रे हुनुपर्ने आफूहरूको एकसूत्रीय माग रहेको बताउनुभयो । सडक निर्माण सुरु नभएसम्म स्थानीयवासीले काठमाडौँको फोहोर सिसडोलसम्म जान नदिने दाबी उहाँको छ ।त्यसैगरी फोहोर व्यवस्थापन तथा सङ्कलन गर्ने मापदण्डविपरीतका सवारीसाधनमा फोहोर ढुवानी गरिएको बताउँदै उहाँले खुला रूपमै फोहोर ढुवानी गर्दा यस क्षेत्रमा झिँगा बढ्दै गएको र गाडीबाट झरेर ठाउँठाउँमा सडकमा फोहोर थुप्रिएकाले यस क्षेत्रको जनजीवन नै अस्वस्थ बन्दै गएको छ भन्नुभयो । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरि तिवारीले सडक विस्तारका नाममा सडकका दुवैतिर कटान गर्दा र भएको कालोपत्रेसमेत उप्काउँदा यस क्षेत्रको उद्योग व्यवसाय, पर्यटनलगायत सम्पूर्ण जनजीवन नै अस्तव्यस्त बन्दै गएको बताउनुभयो । “सडक विभागले न यो सडक बनाउँछ, न त निर्माण कम्पनीसँग ठेक्का सम्झौता नै तोड्ने गर्छ । यसको प्रत्यक्ष मारमा यहाँका जनता परेका छन्,” उहाँले भन्नुभयो । सरकारले ठेक्का सम्झौता रद्द गरी स्थानीयवासीलाई निर्माणको जिम्मेवारी दिए काठमाडौँ उपत्यकाका १८ वटा पालिकाबाट तीन करोड रुपियाँका दरले रकम सङ्कलन गरी छ महिनाभित्रै यो सडकखण्ड कालोपत्रे गर्न सकिने दाबी उहाँको छ । यो सडक भएर काठमाडौँ उपत्यकाका १८ वटा पालिकाका फोहोर सिसडोल लगिन्छ ।तारकेश्वर होटल व्यवसायी सङ्घका अध्यक्ष राजु फुयालले विस्तारका नाममा निर्माण कम्पनीले यो सडक बिगार्दा विगत आठ वर्षदेखि यहाँको होटल व्यवसाय बन्दजस्तै बनेको गुनासो गर्नुभयो । ८६ वर्षीय स्थानीयवासी विष्णु आचार्यले चार–पाँच वर्षमै यो सडकको निर्माण २०१४ सालमा सम्पन्न भएको स्मरण गर्दै चार–पाँच वर्षमा नयाँ राजमार्ग नै निर्माण भएको तर आठ वर्षमा समेत यो सडकखण्ड विस्तार र स्तरोन्नति नभएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
पीडा छ तर पोख्न सक्दैनौं : ज्येष्ठ नागरिक
अमृतप्रसाद पौडेलम्याग्दी, बैशाख ९ गते । हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगमा रहेका ज्येष्ठ नगारिकले परिवारका सदस्यबाट हेला तथा यातनाको शिकार भएको भएपनि आफूहरु बोल्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजामा आज याँ भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले त्यस्तो बताउनुभयो । ज्येष्ठ नगारिकको अधिकार सम्बन्धमा स्थानीय सरकारका नीति योजना, कार्यक्रम र बजेट कायान्वयन अवस्थाबारे सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सहभागी ज्येष्ठ नगारिकले आफ्नो गुनासो राख्नुभयो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म भएको कार्यक्रममा मानवअधिकार आयोगका अधिकृत कल्पना नेपालको नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको विषयमा स्थलगत अध्ययन गरेको थियो ।स्थलगत छलफलको क्रममा रघुगंगा गाउँपालिका–३ मौवाफाँट क्षेत्रमा ज्येष्ठ नागरिकले आफूलाई भएको पीडा, परिवारले गरेको व्यवहार सहन नसक्नेखालको भए पनि पुनः त्यही स्थानमा बस्नु पर्ने बाध्यता रहेको उहाँहरुको गुनासो छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेद्र केसीले ज्येष्ठ नागरिकको सवालमा समाजमा जागरण गरिनु पर्ने बताउनुभयो । आफैमा परिवर्तन नभएसम्म कुनै पनि हालतमा बाबाआमाको सम्मान र उचित हेरचाहमा परिवार लाग्ने केसीको भनाई छ । जिल्ला न्यायाधीश तेजनारायण पौडेलले ज्येष्ठ नागरिकको पीडा परिवारसँगै जोडिएकाले बाहिर नआउने गरेको बताउनुभयो । न्यायाधीश पौडेलले परिवारसँगै बिबाद हुने भएकाले त्यस्ता समस्याहरु ज्येष्ठ नागरिकले नै बाहिर ल्याउन नचाहेको बताउनुभयो ।बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरपालिका क्षेत्रमा ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि उचित समन्वय गर्नुका साथै सम्मान एवम् मौसमअनुसार न्यानो कपडा वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत कल्पना नेपालले ज्येष्ठ नागरिकको उचित हेरचाहमा कमि आएको बताउनुभयो । अधिकृत नेपालले नेपालको संविधानको धारा १६ मा उल्लेख भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट ज्येष्ठ नगारिक बञ्चित भएको स्थलगत अध्ययनबाट देखिएको बताउनुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगाना, प्रहरी निरीक्षक सन्तोष पौडेल इन्सेक प्रतिनिधि अमृत बास्कुने, स्वास्थ्य कार्यालय, स्वास्थ्य बिमा बोर्ड, बेनी अस्पताल लगायतका सरोकारवाला निकायका प्रमुख प्रतिनिधि एवम् ज्येष्ठ नागरिकको उपस्थिति थियो ।
खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन
सप्तरी, वैशाख ९ गते । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमतिअनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भइरहेको अवस्थामा देशको परिस्थितिअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानीय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावनाअनुसार सप्तरी जिल्लाको खडक नगरपालिकामा यी दुई पार्टीबीच तालमेल भएको हो ।तालमेलअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट नगर प्रमुखमा जयप्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को तर्फबाट नगर उपप्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ ।सहमति हुन नसकेका वडा नम्बर ३ र ९ मा छुट्टाछुट्टै रुपमा उम्मेदवारी दिने निर्णय भएको छ ।
मिर्चाडाँगीको दुःख
मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । देशकै प्रमुख औद्योगिक नगर छ मोरङमा । प्रदेश १ को राजधानी पनि मोरङमै पर्छ । रतुवामाई नगरपालिका–३, को दक्षिण–पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ३ देखि माथिको अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिमको पिढालीसम्म पुग्ने गर्छन् ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्रममा बिहीबार सर्लाहीका २० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
किमाथाङ्का, वैशाख ९ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडक मर्मत तीव्र गतिमा
हिमाल पारीको जिल्ला मुस्ताङ जाने एक मात्र सडकमार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत भइरहेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्ड चौडा तथा स्तरोन्नतिका लागि दैनिक चार घण्टा सडक बन्द गरेर मर्मतलाई तीव्रता दिइएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रदेश ब्युरो विराटनगर, वैशाख ९ गते । विराटनगर प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले प्रदेश १ का १३७ स्थानीय पालिकामा बिहीबार नै मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताउनुभयो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै वैशाख ३० गते हुने निर्वाचनको काम औपचारिक रूपबाट सुरु भएको छ । रङ्गेली समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन हेर्नेसहित विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिहाटस्थित रेडक्रस भवनमा स्थापना गरिएको हो । मोरङका मुख्य निर्वाचन अधिकृत एवं मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले कार्यालयको उद्घाटन गर्नुभएको थियो । उहाँले जिल्लाका १७ स्थानीय तहसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य एकैदिन सम्पन्न भएको बताउनुभयो । निर्वाचनसँग सम्बन्धित कार्यक्रम गर्नका लागि मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको आवश्यक कामहरू अगाडि बढेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालयको सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाइने बताउनुभयो । स्थानीय तहको समन्वयमा निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक भवन, सीसी क्यामेरा जडान, सवारी साधन, फर्निचर, सञ्चारलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था रहेको प्रजिअ दाहालले जानकारी दिनुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गराउन दल, उमेदवार तथा सरोकारवालासँग छलफल आयोजना गरेर वैशाख ११ गते मनोनयनको कार्यक्रम गरिने मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो । मनोनयनमा उम्मेदवारले ध्यान दिनुपर्ने कुरालाई मुख्य तथा निर्वाचन अधिकृतका कार्यालयले सरोकारपक्षसँग छलफल वैशाख ११ अगावै गरिसक्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृतले प्रजिअसँगको समन्वयमा सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता, अनुगमन, मतदान स्थलको बारेमा जानकारी लिने काम गर्नका लागि कार्यालय स्थापनासँगै सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत लम्सालले आगामी २२ दिनभित्र सबै प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गराउन सबैसँग अपिल गरिने बताउनुभयो । दलहरू अनिर्णित गाईघाट समाचारदाताका अनुसार आठवटा स्थानीय तह रहेको उदयपुर जिल्लामा आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि सदरमुकाम गाईघाटमा मुख्य निर्वाचन अधिकृत र अन्य सातवटा पालिकाको केन्द्र रहेको स्थानमा बिहीबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोे छ । निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै सम्बन्धित पालिकाका लागि निर्वाचन अधिकृत खटाइएको र सबै पालिका बिहीबार नै स्थानीय तह सदस्य निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गरिएको उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताउनुभयो ।निर्वाचनमा भाग लिने राजनीतिक दलले भने बिहीबारसम्म स्थानीय तहका लागि कुनै पनि उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सत्तारुढ पाँच दलीय गठबन्धनको पटक–पटक बैठक बसे पनि अहिलेसम्म निर्णयमा पुगिनसकेको प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेस उदयपुरका पार्टी सभापति हिमाल कार्कीले बताउनुभयो । जिल्लाका ७५ वटा वडा र आठवटा पालिकामा कति ठाउँमा गठबन्धन हुने र कति ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरिने भन्ने कुराको टुङ्गो लगाउन बैठक चलिरहेको र शुक्रबार साँझसम्ममा निर्णयमा पुगिने सभापति कार्कीले बताउनुभयो । मतदान स्थलमा स्वास्थ्यकर्मीदमक समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनमा झापामा हरेक मतदान स्थलमा कम्तीमा पनि एक जना स्वास्थ्यकर्मी पर्ने गरी व्यवस्थापन गर्ने तयारी सुरु भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरेर आफ्नो काम सुरु गरिसकेको छ ।निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा २८६ मतदान स्थलमा ७५५ वटा मतदान केन्द्र रहने छन् । एक हजार ६४ मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भएकोछ । जिल्लामा छ लाख ४६ हजार २३४ जना मतदाता छन् । जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखको बैठकले मतदानका दिन मतदान स्थलमा कर्मचारी खटाउँदा सम्भव भएसम्म प्रत्येक मतदान स्थलमा एक जना स्वास्थ्यकर्मी पर्ने गरी खटाउन मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गर्ने निर्णय भएको छ । गर्मी महिना भएकाले स्वास्थ्यमा कसैलाई समस्या आउनसाथ प्राथमिक उपचारका लागि सहज हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालका अनुसार कार्यालय प्रमुखको बैठकले सरकारी तथा अर्धसरकारी र सामुदायिक रूपमा सञ्चालन भएका सम्पूर्ण एम्बुलेन्सको अद्यावधिक गर्ने पनि निर्णय भएको छ । स्थानीय तह, अस्पताल, जनस्वास्थ्य, स्वास्थ्य संस्था, सामुदायिक तथा गैर सरकारी संस्था जस्ता विभिन्न सङ्घ संस्थाबाट सञ्चालित एम्बुलेन्स, दमकलको विवरण अद्यावधिक गर्ने र चालु हालतमा राख्न पत्राचार गर्ने निर्णय भएको प्रजिअ रिजालको भनाइ छ ।सबै तहमा कार्यालय ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गाको एक नगरपालिकासहित सातवटा गाउँपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ओखलढुङ्गा सदरमुकामस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दलबहादुर केसी बताउनुभयो । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर एक–एक जना कर्मचारी नियुक्त गर्ने प्रक्रिया सुरु गरिने जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवार मनोनयन दर्तादेखि दाबी विरोधको उजुरी लिने, निर्णय गर्ने, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, मतगणनादेखि विजय घोषणा र प्रमाणपत्र वितरणलगायतका काम हुने जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख न्यौपानेले बताउनुभयो । यसका साथै मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने, सुरक्षा समन्वय गर्ने जिम्मेवारी निर्वाचन अधिकृतको कार्यालको हुनेछ ।ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश प्रकाश राउतले बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गर्नुभएको हो । बिहीबार नै जिल्लाका बाँकी आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएका छन् ।
विस्थापित भए भरिया
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहँुच पुगेसँगै वर्षौंदेखि भारी बोकेर गुजारा चलाउँदै आएका भरिया पेसाबाट विस्थापित भएका छन् ।गाउँमा सडकको पहुँच पुगेसँगै भरियाले बोक्ने सामान सवारीसाधनले बोक्न थालेपछि भरिया पेसाबाट विस्थापित भएका हुन् । एक दशक अघिसम्म प्रशस्त मात्रामा भेटिने भरिया अहिले देख्नै मुस्किल पर्ने कमलामाई नगरपालिका–३ निवासी व्यापारी उत्तरबहादुर स्याङ्बा बताउनुहुन्छ ।
हुम्लाबाट ११ सय ४६ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै
राजन रावतहुुम्ला, वैशाख ८ गते । यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सयभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट बिधार्थी एसईईमा सहभागिता जनाउन लागेका हुन । शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख तिलक भट्टराईकाअनुसार आगामी शुक्रवार बिहान सुरु हुने एसईई परीक्षामा हुम्ला जिल्लाबाट एक हजार १४६ जना विद्यार्थी सहभागिता जनाउने छन् । परीक्षामा ५४९ छात्रा र ५९८ जना छात्र रहनुभएको छ । पहिलो पटक हुम्लाबाट छात्राभन्दा छात्रको संख्या बढी देखिएको छ । यसअघिका परीक्षामा छात्राको संख्या बढी हुनेगथ्र्यो । यो संख्या जिल्लाका कुल २८ वटा माध्यमिक विद्यालयबाट नियमित र खुल्लातर्फको हो । यसमा खुल्लातर्फ ४४ जना परक्षिार्थी रहेका छन् । ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् । सबै परीक्षा केन्द्रमा प्रश्नापत्र, उत्तरपुस्तिका र केन्द्राध्यक्ष पुुगेको इकाईले जनाएको छ ।
हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी
दार्चुलाको सबैभन्दा विकट मतदान केन्द्र रहेको व्यासमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी भइरहेको छ ।स्वदेशतर्फको बाटो भएर व्यास गाउँपालिका–१, छाङरु र टिङ्कर जान नसकिने भएपछि हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी गरिएको हो । नेपालतर्फबाट हिँडेर जानसमेत पैदल बाटो छैन । अप्ठ्यारो गरी जाने हो भने छाङरु, टिङ्कर पुग्न पाँच दिन लाग्दछ । व्यासको वडा नम्बर १ मा दुईवटा मतदान केन्द्र छन् । छाङरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोती महिला सङ्घ आधारभूत विद्यालय टिङ्करमा २३१ जना मतदाता रहेका छन् ।
मधेसी र मुस्लिम छात्राका लागि महिला कलेज
बाँकेका मधेसी र मुस्लिम समुदायका छात्रालाई ध्यानमा राखेर नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा आएको छ ।
केन्द्रको निर्णयप्रति काँग्रेसमा असन्तुष्टि
मकवानपुर समाचारदाताहेटौँडा, वैशाख ८ गते । नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा (एकीकृत समाजवादी)लाई दिन केन्द्रमा गरेको निर्णयप्रति काँग्रेस हेटौँडा उपमहानगर समितिले आपत्ति जनाएको छ । काँग्रेस उपमहानगर समितिले हेटौँडामा बुधबार पत्रकार सम्मेलन गरी केन्द्रले गरेको निर्णयमाथि पुनरवलोकन गर्न माग गरेको छ ।नगर सभापति उत्सव इटेनीले उपमहानगरपालिकाको वस्तुगत अवस्थाका बारेमा नगर समितिले केन्द्रीय नेतृत्वलाई लिखित रूपमा जानकारी गराउँदासमेत त्यसको मर्म र भावनालाई बेवास्ता गर्दै पार्टी कार्यकर्ता र शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी गरिएको निर्णयप्रति असहमति रहेको बताउनुभयो । नगरको गठबन्धनमा आबद्ध दलमध्ये सबैभन्दा धेरै जनाधार भएको पार्टी काँग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन तयारी रहेको अवस्थामा केन्द्रीयस्तरबाट भएको भागबन्डाले तालमेलको औचित्य र आवश्यकता पूरा गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “तालमेलको आवश्यकता र औचित्य पुष्टि गर्न निर्णय पुनरवलोकन गरी काँग्रेसले नगरप्रमुख पाउनुपर्छ । गठबन्धनका दलबीच सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने वातावरण तयार गर्न माग गर्दै निर्णय पुनरवलोकन नभएमा यसअघिको नगर समितिका पदाधिकारी तथा वडा सभापतिको निर्णयानुसार गठबन्धनका दलसँग मित्रवत् रूपमा काँग्रेसको एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने सभापति इटेनीले स्पष्ट पार्नुभयो ।यसैबीच काँग्रेसका कार्यकर्ताले काँग्रेसले नगरप्रमुख नपाएमा आफूहरूलाई अस्वीकार्य हुने भन्दै मङ्गलबार हेटौँडा उपमहानगरपालिका–२ मा रहेको पार्टी कार्यालयमा तालाबन्दी गरेपछि गठबन्धनका दलबीच भागबन्डा थप पेचिलो बन्ने देखिएको छ । सत्ता गठबन्धनका पाँच दलबीच केन्द्रमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी) ले पाउने गरी सहमति नजिक पुगेको सार्वजनिक भएपछि विरोधमा काँग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यकर्ताले पार्टी सभापतिलगायत कार्यालय कोठामा तालाबन्दी गरेको केही समयपछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव ताराचन्द्र बजगाईंलगायत पुगेर प्रहरीको उपस्थितिमा ताला फुटाइएको थियो ।पार्टी सभापति लामाले पार्टीभित्र रहेका बिमतिहरू छलफलबाट समाधान गर्न सकिने भन्दै निर्वाचनको समयमा नकारात्मक सन्देश जाने गरी गरिएको तालाबन्दी स्वीकार्य नहुने र तालाबन्दी गर्नेमाथि कारबाहीको चेतावनी दिनुभएको छ । उहाँले पार्टी कार्यालयमा ताला लगाउने कार्य शोभनीय नभएको बताउँदै उद्दण्ड र अराजकलाई काँग्रेसमा स्थान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, पार्टीको विधानअनुसार ताला लगाउन संलग्न भएकालाई हदैसम्मको कारबाही गर्छु । उहाँले गठबन्धनका दलबीच अझै सहमति जुट्न नसकेको बताउँदै नेकपा माओवादी केन्द्रले भागबन्डामा बढी दाबी गर्दा तालमेल सकसपूर्ण बन्दै गएको बताउनुभयो । उता काँग्रेसका वडा सभापतिहरूको मङ्गलबार भएको बैठकले हेटौँडा उपमहानगरपालिकाको प्रमुख सङ्गठनका आधारमा काँग्रेसले नै पाउनुपर्ने निर्णय गरेको थियो । काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले नगरप्रमुख काँग्रेसले नै पाउनुपर्ने बताउँदै पाउन नसक्ने अवस्थामा गठबन्धनका दलसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो ।यसैबीच काँग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ । कार्यसम्पादन समितिको मङ्गलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल तथा सदस्यहरू रामबाबु बानियाँ र अर्जुन चौलागाईं रहेको तीन सदस्यीय अनुशासन समिति गठन गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिनुभयो ।त्यसैगरी कार्यसम्पादनको बैठकले काँग्रेस जिल्ला समितिको भवनमा बिनाजानकारी, मागदाबी वा बिमतिको विषय जिल्ला कार्यसमितिलाई नराखीकन गुन्डागर्दी शैलीमा लगाइएको तालाबन्दीप्रति आपत्ति जनाएको छ ।
भेरी अस्पताललाई सम्मान
बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।
पाँच वर्षमा ठूला पूर्वाधार निर्माण
नवीनशिशिर विकबागलुङ, वैशाख ७ गते । बागलुङको बलेवा विमानस्थल २०४८ सालदेखि बन्द भयो । त्यस यता पटक–पटक भएको निर्वाचनमा विमानस्थल नियमित सञ्चालन गर्ने विषयले सबै राजनीतिक दलको घोषणपत्रमा प्राथमिकता पायो । चुनावी मसला बन्यो तर जहाज चलेन । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता सबै राजनीतिक दलका उम्मेदवारले समावेश गरे । बागलुङ नगरपालिकामा जनप्रतिनिधि आएपछि २६ वर्षसम्म बन्द रहेको विमान सञ्चालनमा आएको छ । बागलुङ सदरमुकामदेखि विमानस्थलसम्मको पहुँच मार्ग, विमानस्थलमा आवश्यक पूर्वाधारलगायत प्राविधिक दृष्टिले कठिन हुँदाहुँदै पनि बागलुङ नगरपालिकाले सुरुवाती दिनमा विमान कम्पनीलाई आर्थिक बोझ नपर्ने गरी १२ जना यात्रुको सुनिश्चित गरी व्यावसायिक उडान थाल्यो । बन्द भएको २६ वर्षपछि २०७४ चैत ५ गते पहिलो पटक बलेवाको आकाशमा तारा एयरको जहाज उड्यो । सोही महिनाको ९ गतेदेखि हप्तामा दुई व्यावसायिक उडान सुरुवात भएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो । अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको छ । विमानस्थल नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ बजारदेखि विमानस्थलसम्म जोड्न कालीगण्डकी कोरिडोर सडक मार्ग हो । सो खण्डको सडक कालोपत्रेको तयारी भइरहेको छ । नगरपालिकाले जोखिम उठाएर १२ जना यात्रुको सुनिश्चित गरेको भए व्यावसायिक उडान गर्न कठिन थियो । बागलुङ नगरपालिकाले २०७४ सालको पुस २१ गते नगर कार्यपालिकाको बैठकबाट विमानस्थल सञ्चालन गर्न थप आर्थिक व्ययभार बेहोर्नुपर्ने अवस्थामा आएपछि नगरपालिकाले बेहोर्ने निर्णय गरेको थियो । बागलुङ नगरपालिकाले पाँच वर्षको अवधिमा अन्य ठूलो विकास पूर्वाधार पनि निर्माण गरेको छ । विश्वकै लामो पुल निर्माण सुरुवातको दिनका प्राविधिक दृष्टले असम्भव भनिएको बागलुङ–पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल पाँच वर्षकै अवधिमा सम्पन्न भएको छ । नगरपालिकाले गौरवको योजना विश्वकै लामो (५६७ मी.) झोलुङ्ले पुल निर्माण गरेर बागलुङलाई विश्वसामु चिनाउने काम गरेको छ । हाल झोलुङ्गे पुलको नाम ‘गण्डकी सुनौलो झुला’ गण्डकी ‘गोल्डेन ब्रिज’ भनेर नामकरण गरिएको छ । उक्त पुललाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । पुल निर्माण भएपछि पुल तर्न र अवलोकन भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन वृद्धि हुँदै गएको छ ।बागलुङ बसपार्क बागलुङ बजारमा व्यवस्थित बसपार्क नहुँदा लामो समयदेखि ठूलो समस्या भोग्नुप-यो । सहरीकरण बढ्दै गरेको बागलुङ बजार अव्यवस्थित हुँदा व्यवस्थित बसपार्क निर्माणका लागि २०५९ सालदेखि नै प्रक्रिया शुभारम्भ भएको थियो । तर, काम हुन सकेको थिएन । बागलुङको विकास र व्यवस्थित बजारका लागि बागलुङ नगरपालिकाका स्थानीय ५२ जनाले उपलब्ध गराएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गामा बागलुङको उपल्ला चौरमा बसपार्क निर्माणको काम सम्पन्न भएर हस्तान्तरण भएको छ । स्वास्थ्य क्षेत्रमा महìवपूर्ण काम बागलुङ नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको समयमा विभिन्न रचनात्मक कार्यक्रमहरू गरेर देशव्यापी रूपमा ठूलो प्रशंसा बटुलेको थियो । कोरोना महामारीको समयमा धौलागिरि अस्पतालमा शव व्यवस्थापन नभएको समयमा बागलुङ नगरपालिकाले शव व्यवस्थापनका लागि शव वाहनको व्यवस्थापन गर्नका लागि निकै उत्कृष्ट भूमिका खेलेको थियो ।अन्तर्राष्ट्रिय समाज बागलुङ, प्रवासी नेपाली सङ्घ बेलायत शाखाको सहकार्यमा बागलुङ नगरपालिकामा टेलिमेडिसिन सेवासमेत सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका तथा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य क्षेत्रमा अझै उत्कृष्ट सेवा प्रदान गर्नका लागि विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–१४ मा १५ बेडको नगर अस्पताल सञ्चालन गरेको छ । वडा तहका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी नभएको वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ । चोक सुधारबागलुङ बजारका चोकहरू साँघुरा हुँदा नगरवासीले सधैँ सास्ती खेप्नुपरेको थियो । नगरपालिकाले पहिलो वर्षदेखि नै बजारका महत्त्वपूर्ण चोक सुधारका कार्यक्रम सञ्चालनमा ल्यायो । जिल्ला प्रशासन कार्यालयअघिको चोक, ट्राफिक चोक, हुलाक चोक, क्याम्पस चोकलगायतका चोकहरू उदाहरण हुन् । चोक सुधारसँगै वर्षाको समयमा बागलुङ बजारमा खोलाजस्तै बग्ने सडक नालीको व्यवस्थापन अर्को महत्त्वपूर्ण काम हो ।वातावरणीय चिडियाखानाबागलुङको मालिका क्षेत्रलाई वन्यजन्तु संरक्षण क्षेत्र निर्माणको तयारी गरेको छ । बागलुङ नगरपालिकाले बागलुङको मालिका क्षेत्रमा फैलिएको जङ्गललाई संरक्षण क्षेत्र घोषणा गरी ‘वातावरणीय चिडियाखाना’ निर्माणको कामलाई अगाडि बढाएको हो । बागलुङ नगरपालिका ५, ६ र ७ को उपल्लो भेगमा रहेको जङ्गललाई संरक्षित क्षेत्र घोषणा गरी वातावरणीय चिडियाखानाका रूपमा विकास गर्नका लागि नगरपालिकाले सङ्घीय सरकार, प्रदेश सरकारसँगको सहकार्यमा यो योजनाले मूर्त रूप पाउने क्रममा रहेको नगरपालिकाले जनाएको छ । सडक तथा अन्य विकासका योजना स्थानीय सरकार स्थापना भएयता बागलुङ नगरपालिकाभित्र प्रदेश सरकारको लगानीमा १५ किलोमिटर र सङ्घीय सरकारको लगानीमा नौ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको छ । नगरपालिकामा हालसम्म २३ दशमलव ६६ किलोमिटर कालोपत्रे र ढलान भएको छ । त्यस्तै १३.३५ किलोमिटर पक्की नाली निर्माण सम्पन्न हुनुका साथै १३९ किलोमिटर सडक निर्माण भएको छ । १४.७७ किलोमिटर पैदल मार्ग निर्माण भएको छ भने तीन किलोमिटर तार जाली लगाउने काम सम्पन्न भएको छ ।पार्कको व्यवस्थापनजङ्गलका रूपमा विकास भइरहेका शहीद पार्क र वीरेन्द्र ऐश्वर्य पार्कले मुहरा फेरेका छन् । उक्त पार्कलाई आधुनिक र सुविधायुक्त बनाउन थालेको मेयर पौडेलको भनाइ छ । फोहोर व्यवस्थापन र राजस्व वृद्धिबागलुङ नगरको फोहोर व्यवस्थापनको विषयमा नगरका जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै प्रश्न उठेको विषय हो । जिम्मेवारी पाएको धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले काम नगरेका कारण आएका प्रश्न तथा सुझावको मनन गर्दै नगरले आफैँले फोहोर व्यवस्थापनको काम थालेको छ । जनप्रतिनिधि आउनुपूर्व दुई करोड २२ लाख रुपियाँ रहेको बागलुङ नगरपालिकाको आन्तरिक राजस्व अहिले पाँच करोड १० लाख लक्ष्यमा छ । तामाखानी बागलुङ नगरपालिकाको पहलमा वडा नं. ९ तित्याङमा तामा खानीको सम्भाव्यता अध्ययनको काम सकिएको छ । चिनिया कम्पनीसँग शुभम् ग्रुपले सहकार्य गरेर गरेको अध्ययनमा तामाको खानी रहेको पत्ता लगाएको छ । खानी विभागको अनुमति कुरी रहेको कम्पनीले काम थाल्दा उत्पादन, राजस्व, स्थानीय वस्तुको व्यापार र रोजगारी सिर्जनालगायतका अवसरहरू प्राप्त हुनेछन् ।
गर्मीले जनजीवन प्रभावित
केही दिनयता नेपालगञ्ज र आसपासको क्षेत्रमा तापक्रम बढेर ४०÷४२ डिग्री सेल्सियस पुग्नुका साथै तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण दिउँसो घरबाट बाहिर निस्कनेहरू घट्दै गएका छन् । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिस बाहिर निस्किने गरेका छन् । अत्यधिक गर्मी र तातो हावाका कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको बीपी चोक निवासी राजेन्द्र थापाले बताउनुुभयो ।
ज्येष्ठ नागरिक अस्पताल स्थापना हुने
जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गरिने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको हेटौँडामा सोमबार बसेको आसन्न स्थानीय तह निर्वाचन केन्द्रित बैठकमा उहाँले काठमाडौँमा निजामती कर्मचारी अस्पताल, चितवनमा शिक्षक अस्पताल भनेजस्तै हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति भएको जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा कंडेल विजयी
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा लक्ष्मण कँडेल विजयी हुनु भएको छ । प्रतिस्पर्धी हर्षविक्रम खड्कालाई ४८ मतले पराजित गर्दै उहाँ अध्यक्षमा विजयी हुनु भएको हो ।