• १८ असार २०८१, मङ्गलबार

उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा कंडेल विजयी

blog

सुर्खेत, वैशाख ६ गते । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा लक्ष्मण कँडेल विजयी हुनु भएको छ । प्रतिस्पर्धी हर्षविक्रम खड्कालाई ४८ मतले पराजित गर्दै उहाँ अध्यक्षमा विजयी हुनु भएको हो । 

कँडेलले ९११ र खड्काले ८६३ मत ल्याउनु भएको थियो । सोमबार साँझसम्म भएको निर्वाचनमा वरिष्ठउपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावल, उद्योग उपाध्यक्षमा सिंहराज वम र महिला उपाध्यक्षमा तारा रावत विजयी हुनु भएको छ । 

महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी हुनु भएको छ ।