• ४ वैशाख २०८३, शुक्रबार

अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद बैठक बस्ने

blog

मन्त्रिपरिषदको बैठक । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएको छ । बैठक साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने उहाँका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले जानकारी दिनुभयो । 

आजको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गर्ने अनुमान गरिएको भए पनि एजेन्डाबारे पहिले नै जानकारी गराउन नमिल्ने प्रेस सहजकर्ता बजगाइँले बताउनुभयो ।