• १९ असार २०८१, बुधबार

मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन गठबन्धन गरेकाे हाे: कांग्रेस नेता पौडेल

blog

काठमाडाैं, वैशाख १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भएकाे बताउनुभएकाे छ ।

तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताउनुभएकाे हाे। उहाँले लोकतन्त्रिक संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गर्नुभयाे ।

उहाँले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयाे ।