• १४ असार २०८१, शुक्रबार

खलंगामा पुरुषको शव फेला

blog

राजु लामिछाने
रुकुम पश्चिम, वैशाख २० गते ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ खलंगामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१ चौर गाँउका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीका अनुसार मङ्गलबार बिहान साढे ११ बजे कृषि विकास कार्यालय नजिकको सडक छेउमा शर्माको शव फेला परेको जानकारी आएको हो ।

मृतक शर्मा मुसिकोट नगरपालिका–१ मा डेरा गरी बस्दै आएका थिए ।  शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शर्माको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लिइएको डीएसपी सोतीले बताउनुभयो ।

परिवारका सदस्यहरुले मृतक शर्माले अत्याधिक मदिरा सेवन गर्ने गरेको बताएता पनि मृत्युको कारण भने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।