‘एक घर एक बोटबिरुवा’ अभियान
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि भौतिक संरचना निर्माण गर्दा सडकपेटीका बोटबिरुवा नासिए नासिएका संरचना पूर्ववत् नै कायम गर्न लगाएर मात्र निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भएको छ । महानगरपालिकाले हरियाली प्रवर्धन गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयन गर्न त्यस्तो नीति अपनाएको हो । महानगरपालिकाको तेस्रो नगर सभामा बुधबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
काठमाडौँमा सांसदका योजनालाई पूर्वसहमति आवश्यक
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरभित्रका सांसदहरूले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा बुधबार नगर सभाको १३ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सङ्घ र प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति वा समन्वय अनिवार्य हुनुपर्ने उल्लेख गर्नुभयो ।
मेलम्चीमा बेलिब्रिज जडान सुरु भएपछि स्थानीय खुसी
यही असार १ गतेको मेलम्ची बाढीले बगाएको मेलम्ची पुलमा अहिले बेलिब्रिज जडान थालिएको छ । नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको काम अघि बढेपछि मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकाका स्थानीय हर्षित भएका छन् ।
बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम
जिल्ला प्रहरी कार्यालय दोलखा र हुराडेक नेपालको संयुक्त आयोजनामा भएको एक दिवसीय बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
सर्वोच्च अदालतमा छ जनाविरुद्ध मुद्दा पुनरावेदन
सर्वोच्च अदालतमा बुधबार छ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
काठमाडौंबाट गाईघाट जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, पाँच घाइते
काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु
दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ ।
योगले स्वस्थ जीवनयापनमा सहयोग पुर्याउँछ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।
योजना छनोटमा जुट्यो स्थानीय तह
सिन्धुली जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि योजना छनोटमा जुटेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये मरिण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मङ्गलबार नै सार्वजनिक गरी सकेको छ ।
नेपाल योगाभ्यास गर्ने एउटा सुन्दर भूमि : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संसारभरका मानिसका लागि योगाभ्यास गर्ने एउटा सुन्दर भूमि रहेको बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो ।
चौतारा अस्पतालको निर्माण ६५ प्रतिशत पूरा
चिनियाँ अनुदानमा निर्माणाधीन चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ६५ प्रतिशत पूरा भएको छ । सन् २०२२ सेप्टेम्बर ९ बाट निर्माण सुरु भएको उक्त भवन हाससम्म ६५ प्रतिशत पूरा भएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय
सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
‘खुला र नचिप्लिने जुत्ता नै ठिक’
नेपालमा मनसुन भित्रिएसँगै फेसनपारखीमा पनि कस्तो जुत्ता–चप्पल लगाउँदा ठिक होला भन्ने सोचाइ आउन थालेको छ । गर्मी र जाडोमा फरक फरक किसिमका जुत्ता लगाउन रुचाउने फेसनपारखी यो मौसममा खुला तथा नचिप्लिने खालका जुत्ता–चप्पल लगाउन उपयुक्त ठान्छन् ।
काठमाडौँ महानगरपालिकाको राजस्व सङ्कलनमा सुधार
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आठ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा महानगरले ११ महिनामा आठ अर्ब २९ करोड ९४ लाख ५९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
खानेपानी आएपछि स्यालुवासी खुसी
बाबुबाजेका पालादेखि पानीको हाहाकार बेहोर्दै आएका बिगु गाउँपालिका–१, स्यालुवासीको घण्टौँ लगाएर पानी बोकेर ल्याउनुपर्ने झन्झट हटेको छ। स्यालु खानेपानी योजना निर्माण सम्पन्न भएपछि स्यालुवासीको खानेपानीको समस्या हटेको सो खानेपानी योजना निर्माण समितिका अध्यक्ष सेर्पु तामाङले बताउनुभयो। अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता लोप्साङ तामाङले भन्नुभयो, “घरबाट टाढाको मर्वानी भन्ने ठाउँको कुवाको पानी पिउनुपथ्र्यो। पालो पाउन पनि गारो थियो। हिउँदमा त पालोका लागि राति नै कुवामा पुग्नुपथ्र्याे।”
लागुऔषध प्रयोगकर्ता एक लाख तीस हजार
नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार रहेको बताइएको छ। मङ्गलबार गृह मन्त्रालयको आयोजनामा धुलिखेलमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम उद्घाटन कार्यक्रममा उक्त जानकारी दिइएको हो।
कान्ति लोकपथ कार दुर्घटनामा चालकको मृत्यु
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा भएको कार दुर्घटनामा चालकको मृत्यु भएको छ ।
अति आवश्यक औषधि उपलब्ध गराउन आग्रह
औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
कान्ति लोकपथमा कार दुर्घटना : दुई जना घाइते
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
स्वास्थ्य मन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागको ११ बुँदे ज्ञापनपत्र
नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । एमाले स्वास्थ्य विभाग प्रमुख एवम् पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सदस्य टोलीले मङ्गलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो ।
स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ । मङ्गलबार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।