श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना
चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र मर्स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो ।
दस महिनामा सात हजार बिदेसिए
चालु आर्थिक वर्षको १० महिनामा काभ्रेपलाञ्चोक जिल्लाबाट वैदेशिक रोजगारीका लागि सात हजारभन्दा बढी नागरिक बिदेसिएका छन्। दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) ले धुलिखेलमा बिहीबार आयोजना गरेको अन्तर्क्रियामा उक्त जानकारी दिइएको हो।
सीमापार संरक्षण कार्यक्रम प्रभावकारी बन्दै
चितवन पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालन भएको सीमापार संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। चितवन र पर्साको निकुञ्जसँग भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ। नेपालबाट भारतमा जान र त्यहाँबाट नेपाल आउन जङ्गली जनावरलाई सहज बनाउने उद्देश्यले सीमापार संरक्षण कार्यक्रम ल्याइएको हो। यसका लागि दुवै देशका अधिकारीबिच छलफल र जनावर एक देशबाट अर्को देशमा गएमा फिर्ता ल्याउने कामसमेत हुने गर्छ।
ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत
ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९÷८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ रु दुई अर्ब सात करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट रु पाँच अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो ।
राक्सिराङ गाउँपालिकामा ५९ करोड ९५ लाखको बजेट
पालिकाको शनिबार भएको गाउँसभाको १४ औं (बजेट) अधिवेशनमा पालिकाका उपाध्यक्ष वनस्थम थिङले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटको आकार चालु आवको तुलनामा घटेर आएको छ।
‘दक्ष जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्छ’
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतिकवान् जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन
थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
जसपाको केन्द्रीय समितिको बैठक सुरु
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । शनिबार काठमाडौंको एक होटलमा बैठक सुरु भएको हो ।
एक दिनको नगर सभामा दुई दिनको भत्ता
धादिङको नीलकण्ठ नगरपालिकाले एक दिनको कार्यक्रम गरी सहभागीलाई दुई दिनको हस्ताक्षर गराई भत्ता खुवाएको छ । नगरपालिकाले बिहीबार गरेको नगर सभामा बिहीबार र शुक्रबारको फरक–फरक उपस्थितिमा सहभागीलाई हस्ताक्षर गराएर भत्ता खुवाएको हो ।
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै पाँच अर्ब रुपियाँ दाबी भुक्तानी गरेको छ ।
सिन्धुलीमा बाढीपहिरोबाट ३१ घरमा क्षति
सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ बितिजोरमा शनिबार बिहान बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । लामो समयदेखि क्यान्सर पीडित ६३ वर्षीय लामाको उपचारका क्रममा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा वीर अस्पतालमा निधन भएको हो ।
कृषि उत्पादन बजारसम्म लैजाने सुविधा मिलाएका छौँ
इच्छाकामना गाउँपालिका चितवन जिल्लाको उत्तरी भेगमा पर्छ। विकासको दृष्टिले पछाडि भए पनि पर्यटकीय दृष्टिले यसको महत्व अलग्गै छ। देशकै राजधानी जाने मुख्य पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, प्रख्यात मनकामना मन्दिर जाने मार्ग यही गाउँपालिका भएर जान्छ। यहाँका विकासका सम्भावना र चुनौतीबारे इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसँग गोरखापत्रका शालिग्राम नेपालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
सय वर्ष पुरानो तेल दल्ने पुल सञ्चालन
एक सय वर्षभन्दा पुरानो दोलखाको बिगु गाउँपालिका –३ र गौरीशङ्कर गाउँपालिका –८ जोडने तामाकोसी नदीको जीर्ण तेल दल्ने जामुने साङले झोलुङ्गे पुल अहिले मर्मत सम्भारपछि सञ्चालनमा आएको छ ।
एमआरआई मेसिन खरिद अन्योलमा
भरतपुर अस्पतालले खरिद गर्ने भनिएको ‘म्याग्नेटिक रिजोनेस इमेजिङ’ (एमआरआई) मेसिनको खरिद प्रक्रिया अन्योलमा परेको छ। आर्थिक वर्ष सकिनै लाग्दा पनि मेसिन खरिद प्रक्रिया सुरु नहुँदा बजेट नै फ्रिज हुने हो कि भन्ने आशङ्का बढेको छ। भरतपुर अस्पतालका लागि यो मेसिन खरिद गर्न स्वास्थ्य मन्त्रालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
वीर अस्पतालका सात सय शय्या निःशुल्क
वीर अस्पतालका सात सय जनरल बेड निःशुल्क उपलब्ध हुने भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभएको हो ।
राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयकलाई प्रथम दृष्टिमै अवैधानिक भन्न नमिल्ने (सर्वोच्चको आदेशसहित)
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने बताएको छ ।
वन पैदावार समितिको कर्मचारीले दश महिनादेखि तलब पाएनन्
वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रुपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गत भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन् ।
काठमाडौं महानगरको वार्षिक नीति कार्यक्रम पारित
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय
नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मदनको जन्मजयन्तीमा चौतारीको टिकटक प्रतियोगिता
जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको चौतारीले जनाएको छ ।
भरतपुरमा अतिक्रमित संरचना हटाइयो
भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो ।
अवैध लागुऔषधसहित पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।