काठमाडौं, असार ९ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
शनिबार काठमाडौंको एक होटलमा बैठक सुरु भएको हो । बैठकमा आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो । आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।
पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नुहुनेछ ।