आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभएको छ । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भन्नुभयो ।
गोरखा दुर्घटना प्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको शहीद लखन गाउँपालिका -३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुःखद् निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।
डेङ्गुको उच्च जोखिममा बागमती
गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।
बागमती निःशुल्क शिक्षा भएको पालिका घोषणा
मकवानपुरको बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गरिएको छ। चालु शैक्षिक सत्रमा बागमती प्रदेशमै पहिलो पटक बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गरिएको हो। सङ्घीय सरकारले आगामी २०८५ सालभित्र विद्यालय उमेरका सबै बालबालिका विद्यालयको पहुँचमा आइसक्ने नेपाललाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यक्रम रहेको छ। सो अभियान अन्तर्गत यस शैक्षिक सत्रमा बागमती प्रदेशका ११ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको स्थानीय तह घोषणा गर्ने कार्यक्रम छ।
सबस्टेसनमा लाइन लैजान निकुञ्जको अवरोध
पश्चिम चितवनमा निर्माण भएको देवनगर सबस्टेसन सञ्चालनमा आउन नसक्दा विद्युत्को भार धेरै भएर लोडसेडिङ वृद्धि भएको छ । विद्युत्को माग धेरै भएपछि भार क्षमता वृद्धि गर्न भरतपुर महानगरपालिका–६, देवनगरमा दुई वर्षअगाडि सबस्टेसन निर्माण गरिएको थियो । भरतपुरको मुख्य बजार क्षेत्र र पश्चिम चितवनको केही भागमा भरतपुरको भोजाडमा रहेको र पश्चिम चितवनको चनौलीमा रहेको स्टेसनमार्फत मेघौली, जगतपुर, माडी क्षेत्रमा वितरण गरिएको छ ।
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो
नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो ।
उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरूमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ ।
हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सम्पन्न हुँदै उपत्यकाका विस्तारका सडक
झण्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौं उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन् ।
खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ ।
दोलखामा तामाङ मिनी सङ्ग्रहालय निर्माण
दोलखाको वैतेश्वर–६ नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङग्रहालय निर्माण गरिएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु
जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको छ ।
महानगर प्रमुख साहको रिटमा सुनुवाइ जारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनमा दायर गर्नुभएको रिटमा सुनुवाइ जारी रहेको छ ।
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।
‘ब्रोइलर’ कुखुराको मासु अभाव
नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको सुनुवाइ जारी रहेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
राष्ट्रिय कविता महोत्सवमा २५ कविता वाचन हुने
यही असार ९ गते आयोजना हुन लागेको राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोट भएका छन् ।
छ सय विद्यार्थीद्वारा ओलम्पिक मेडल पेन्टिङ (फोटो फिचर)
विश्व ओलम्पिक दिवसको अवसरमा बिहीबार वसन्तपुरको डबलीमा छ सय बालबालिकाले मेडल पेन्टिङ गरेका छन् । दुई वर्षदेखि छ वर्षसम्मका बालबालिकाले ओलम्पिक मेडलको पेन्टिङ गरेका हुन् ।
रास्वपाको संयुक्त बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ ।
स्थानीय तहमा औद्योगिक ग्राम थपिँदै
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप सात औद्योगिक ग्राम घोषणा गर्न लागेको छ । प्रत्येक स्थानीय तहमा ग्राम घोषणा गर्ने सरकारको नीति अनुसार थप सात ठाउँमा घोषणा गर्न लागिएको हो । हालसम्म ११३ ग्राम घोषणा भइसकेकामा थप सात ठाउँमा ग्राम घोषणा गर्नका लागि प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ । कालीकोटको रास्कोट नगरपालिका, कालीकोटकै नरहरिनाथ गाउँपालिका, बाँकेको राप्तीसोनारी गाउँपालिका, पाल्पाको रम्भा गाउँपालिका, अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको हो । यस्तै पर्साको जगतनाथपुर गाउँपालिका, बाराको गढीमाई नगरपालिकामा ग्राम घोषणा हुुन लागेको हो ।
स्थानीय तहमा बजेट बनाउने चटारो
स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन्। स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ। बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नु पर्छ ।
दलित बस्तीमा खानेपानीको चरम अभाव
सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका दलित बस्तीमा आठ वर्षभन्दा लामो समयदेखि खानेपानी अभाव छ। २०७२ सालको भूकम्पले भगटेधाराको मुहान सुकेपछि मिजारटोल, कोटाटोल, जमदारटोल, बिर्ताटोललगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको हो। मिजारटोलमा एउटा धारा छ तर उक्त धारामा पानी नआएको पनि आठ वर्ष बितिसकेको छ। “धारामा पानी आउँदैन, ढुङ्गेधारामा पनि पानी सुकेपछि पिउनका लागि नै समस्या छ,” ज्येष्ठ नागरिक जितबहादुर सार्कीले पीडा सुनाउनुभयो।