• ६ जेठ २०८१, आइतबार

गोरखा दुर्घटना प्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

blog

काठमाडौँ, असार ८ गते । गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको शहीद लखन गाउँपालिका -३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुःखद् निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ । 

उहाँले दुर्घटनामा परी निधन हुनु भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।