• ५ जेठ २०८१, शनिबार

महानगर प्रमुख साहको रिटमा सुनुवाइ जारी

blog

उच्च अदालत पाटन ।

काठमाडौं, असार ७ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनमा दायर गर्नुभएको रिटमा सुनुवाइ जारी रहेको छ ।

उच्च अदालत पाटनका उपरजिस्ट्रार एवम् प्रवक्ता मन्दिरा शाहीले प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौँ महानगर प्रमुख साहले बुधबार रिट दर्ता गर्नुभएको जानकारी दिनुभयो ।

प्रवक्ता शाहीले आज (बिहीबार) न्यायाधीश धीरबहादुर चन्दको इजलासमा उक्त रिटको सुनुवाइ जारी रहेको बताउनुभयो ।

काठमाडौंको सिनामङ्गलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौँ महानगरले गत जेठ ३२ गते काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।

त्यसको भोलिपल्ट प्राधिकरणले प्रमुख साह, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन कारबाही नगर्ने भनेर सात दिने स्पष्टीकरण सोधेको थियो ।