सन्तोषीले घरमै पाउनुभयो नागरिकता
नुवाकोटको तारकेश्वर गाउँपालिका –६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
अवैध रुपमा ल्याइएको कपडा र माछा बरामद
मकवानपुर प्रहरीले अवैध रुपमा ल्याएको कपडा, चकलेट र माछा बरामद गरेको छ ।
विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्षमा ५५२ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। यो गाउँपालिकाको आव २०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्ड सिन्धुलीसँगको सहकार्यमा अति विपन्न, गरिब, दलित, अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो।
व्यवस्थापन समितिकै कारण विद्यालय लथालिङ्ग
सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षा, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, ‘इन्डोर’ र ‘आउटडोर’ खेल मैदान हरेक विद्यालयका न्यूनतम आधारभूत आवश्यकता हुन्। रामेछापको रामेछाप नगरपालिका–३, साँघुटारस्थित कालिका ईश्वरी आधारभूत विद्यालयमा भने यी कुनै पनि सुविधा छैनन्। कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा २२ जना विद्यार्थी छन्। आठ जना शिक्षकको दरबन्दी भएको यो विद्यालयमा अहिले छ जना शिक्षक छन्।
विवादले रोकियो अस्पताल निर्माण
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले नेपाल सरकारले पाँचदेखि १५ शय्याको अस्पताल बनाउने लक्ष्य अनुसार दोलखाको बिगु गाउँपालिका–५ मा सुरु भएको अस्पताल भवन निर्माणको काम अघि बढ्न सकेको छैन।
सर्वोच्चले माग्यो महानगर प्रमुख साहसँग लिखित जवाफ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।
बागमती प्रदेश सभामा एमाले र राप्रपाको अवरोध
बागमती प्रदेश सभाको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यले अवरोध गरेका छन् ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज (मङ्गलबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
मोबाइल प्रयोगले बालबालिकामा सर्वाङ्गीण विकासमा असर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ ।
ललिता निवास प्रकरण : पक्राउ पर्नेको सङ्ख्या ६ पुग्यो
ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार बाठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो ।
बिहीबार इदको सार्वजनिक बिदा
नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रेस युनियन काठमाडौंमा गौतमको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत भएको थियो ।
शक्तिशाली पार्टी बनाउन युवा कांग्रेस गठनको आवश्यकता देखियो : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औँल्याउनुभएको छ । काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको बताउनुभएको हो ।
ललिता निवास प्रकरणमा पाँचजना पक्राउ
चर्चित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।
मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना
विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ ।
आन्तरिक समस्या र बाढीपहिरोका कारण १० आयोजनाको बिजुली प्रणाली बाहिर
पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ ।
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ ।
वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
काठमाडौंको वसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।
बागमती प्रदेशको बजेटमाथि आजबाट छलफल सुरु
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०=०८१ क लागि ल्याएको बजेटमाथि (आज) मङ्गलवारबाट छलफल सुरु हुने भएको छ ।
हेटौँडा सिमेन्टको नोक्सानी चुलिँदै
घाटामा सञ्चालन हुँदै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको चालु आर्थिक वर्षमा २० करोड रुपियाँ नोक्सानी थपिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सिमेन्ट उत्पादन लागत बढ्दै जाँदा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।