हेटौँडामा बस दुर्घटना हुँदा ३७ जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।
भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ ।
कोशी प्रदेशको नाम पुनः विचार गर्नुपर्छ : मन्त्री लिम्बू
युवा तथा खेलकुमन्त्री एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
असार १५ को पहिचान : दही र चिउरा
भक्तपुरमा दही कान्छाले परिचित जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ ।
भरतपुरमा रोपाइँ महोत्सव
‘मानो रोपेर मुरी फलाउने’ नेपाली मान्यतालाई सार्थक पार्दै शुक्रबार चितवनको भरतपुरमा २० औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव आयोजना गरिएको छ ।
बजेटको स्रोत कम हुँदा सबै पक्षलाई समेट्न सकिएन : अर्थमन्त्री महत
अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ ।
पाँच साहित्यिक पत्रकार सम्मानित
नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औँ स्थापना दिवसका अवसरमा सङ्घले पाँच साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ ।
अध्यक्ष ओलीको धान रोपाइँ (फोटो फिचर)
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गर्नु भएको छ ।
रोपाइँ गरेर धान दिवस मनाइयो (फोटो फिचर)
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गर्नुभएको छ ।
कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट
एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् ।
पहिरोले कान्तिलोकपथ अवरुद्ध
काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ ।
देशभर वर्षाको सम्भावना
मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका
अवरुद्ध नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो पन्छाउन सुरु
नारायणगढ मुग्लिङ सडक खण्डमा अवरुद्ध पहिरो खुला गर्ने कार्य सुरु गरिएको छ । बिहीबार दिउँसोबाट अवरुद्ध सडक खुला गर्न पहिरो पन्छाउने काम केही वेर अघिबाट सुरु भएको हो ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।
बेथानचोक बन्यो निःशुल्क शिक्षा भएको गाउँपालिका
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन’ भएको गाउँपालिका घोषणा भएको छ। बुधबार भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्नुभएको हो। बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शि
असार १५ का लागि तयार जुजु धौ
भक्तपुर नगरपालिका –२ व्यासीमा माटोको भाँडोमा जुजु धौ (दही) तयार गर्दै व्यवसायी । नेपाली समाजमा भोली असार १५ मा दही चिउरा खाने प्रचलन छ ।
एमालेलाई बदनाम गराउन जलहरी काण्ड मच्चाए : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बदनाम गर्ने ठाउँ नपाएपछि जलहरी काण्ड मच्चाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गर्नुभएको छ ।
बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह
सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ ।
चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठुलो सम्भावना भएको पेसा चार्टर्ड एकाउण्टेन रहेको बताउनुभएको छ ।
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।