• १४ मंसिर २०८१, शुक्रबार

हेटौँडामा बस दुर्घटना हुँदा ३७ जना घाइते

blog

प्रतिकात्मक तस्बिर

राममणि दाहाल

हेटौँडा, असार १५ गते। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् ।

नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो।

बस दुर्घटनामा घाइते भएकामध्ये १० जनाको चुरे हिल अस्पतालमा र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो।

गौतमका अनुसार बस चालक भने सम्पर्कमा छैनन्।