• १४ मंसिर २०८१, शुक्रबार

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा

blog

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुनेपनि बताउनुभयो ।

सभापति देउवाले पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको जानकारी दिनुभयो । उहाँले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो । पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ । हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन । यसका लागि हामी सबै लाग्नुपर्छ । हाम्रो पार्टी र म लाग्नेछौँ ।’’ आदिवासी जनजातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गर्नुभयो ।