नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ ।
तातोपानी नाकामा सीमा सुरक्षा बैठक
सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली र चिनियाँ अधिकारीबिच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। बुधबार भएको सो बैठकमा तातोपानी नाका दुईतर्फी खुल्दा दुई देशले सीमामा अवाञ्छित गतिविधि हुन नदिनेबारे छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
काठमाडौँको प्रजिअमा बस्नेत
गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहनुभएका घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि काठमाडौँको प्रमुख जिल्ला अधिकारी पद रिक्त थियो । गृह मन्त्रालय सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका बस्नेत आठ वर्षदेखि गृह मन्त्रायल अन्तर्गतका विभिन्न निकायमा सहसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । बस्नेत यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पर्सामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
दुर्गमका विद्यार्थी भर्ना आवेदनबाट वञ्चित भएकोप्रति महानगरको ध्यानाकर्षण
काठमाडौं महानगरपालिकाले कक्षा ११ मा दुर्गम क्षेत्रका विद्यार्थी भर्नाको अवसरबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण जनाएको छ ।
नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन निर्देशन
प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ।
सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति असामान्य : एमाले
नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ ।
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ।
पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय
बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । जसमा प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ ।
गायक रविन तामाङको निधन
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिनुभयो ।
ऐसेलु भूमे : दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय
साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल साबित हुन थालेको छ ।
एसइईको नतिजा आज साँझ वा भोलिसम्म आउने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
जातिको कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन
नेपालको अति सीमान्तकृत दोलखाका थामी जातिको आफ्नो कर्मकाण्ड ग्रन्थ सिलोके पालाखे विमोचन गरिएको छ । जिल्लाको बिगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले तयार पारेको यो ग्रन्थ विमोचन गरिएको हो ।
जातीय विभेदविरुद्ध जसपाले खबरदारी कार्यक्रम गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।
सरकारलाई सभामुखको निर्देशन
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शून्य र विशेष समयमा सदस्यले उठाएका प्रश्नको जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ। बागमती प्रदेश सभा बैठकको विशेष समय र शून्य समयमा प्रदेश सभा सदस्यले राखेका प्रश्नको जवाफ नदिएकोप्रति सभाका सदस्यले आपत्ति जनाएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो।
नसर्ने रोगका बिरामीको पहिचान र उपचार
नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगका बिरामीको सङ्ख्या बढेको छ। नसर्ने रोगका बिरामी बढेसँगै सरकारमाथि यो समस्याको निदान कसरी गर्न सकिन्छ भन्ने चुनौती थपिएको छ। काभ्रेपलाञ्चोकका स्थानीय तह यस्ता बिरामीको पहिचान तथा उपचारमा लागेका छन्।
कांक्रे गाउँको धान खेती
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ३ कांक्रे गाउँमा किसानले धान खेती गरेपछि देखिएको हरियाली खेतको फाँट ।
लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।
ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ ।
पाठेघर क्यान्सरविरुद्धको २० हजार डोज खोप नेपाल ल्याइयो
सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप मङ्गलबार २० हजार डोज खोप चीनबाट ल्याएको जानकारी दिनुभयो ।