काठमाडौँ, असार २१ गते । गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहनुभएका घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि काठमाडौँको प्रमुख जिल्ला अधिकारी पद रिक्त थियो ।
गृह मन्त्रालय सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका बस्नेत आठ वर्षदेखि गृह मन्त्रायल अन्तर्गतका विभिन्न निकायमा सहसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । बस्नेत यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पर्सामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।