• ११ असोज २०८१, शुक्रबार

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

blog

काठमाडौं, असार २० गते । सङ्घीय संसदअन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । जसमा प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ ।

राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

त्यस्तै, प्रतिनिधि सभामा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत हुनेछ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । साथै सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्ने र विधेयकलाई पारित गर्ने कार्यसूची छ ।