• १५ मंसिर २०८१, शनिबार

दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

blog

सवारी साधन चेकजाँच गर्दै ट्राफिक प्रहरी । फाइल तस्बिर

काठमाडौं, असार २० गते। काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार मापसेमा ६९, लेन उल्लङ्घनमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन्। 

यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतिमा सवारी चलाउने एक सय ४७  र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ।