हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङ इञ्जिन
यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महताे
वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।
राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकार धरौटीमा रिहा
जिल्ला अदालत काठमाडौंले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गरेको छ।
बगान समाज परिवर्तन गर्ने चलचित्रः उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभयो ।
सात वर्षमा पनि बनेन तामाकोशीमा पुल
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकालाई जोड्ने तामाकोशी पुलले सात वर्षदेखि निर्माण कम्पनी नीलगिरि नेसनल जेभीलाई कुरिरहेको छ। विसं २०७३ मा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने तामाकोशी नदीमा निर्माण हुने पुल अलपत्र अवस्थामा छ।
सवारीसाधन चलाउन जोखिम
बाह्रबिसे–तातोपानी राजमार्गमा जोखिम बढेको छ। २६ किलोमिटर लामो उक्त राजमार्गका ठाउँ ठाउँमा पहिरो र भोटेकोशी नदीको कटानले सवारीसाधन आवतजावतमा जोखिम बढेको हो। चाकु बजारभन्दा केहीमाथि रहेको झ्याले भिरबाट पहिरो आएर राजमार्ग दिनहुँ अवरुद्ध हुँदै आएको छ। ठाडो खोलाले साँधी खोल्सा खण्ड जीर्ण बनेको छ। डाक्लाङ सडकखण्ड चिराचिरा परेको छ। १० किलो, लार्चा खण्डमा पहिरोको जोखिम बढेको छ।
डेङ्गु सङ्क्रमण बढ्दै
बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मे (वैशाख १८–जेठ १७) मा २७ जनामा डेङ्गु सङ्क्रमण भएकामा जुन (जेठ १८–असार १५) महिनामा ११७ जनामा सङ्क्रमण भएको छ। यी दुई महिनामा डेङ्गु रोग सङ्क्रमण भएकाको सङ्ख्या मात्रै वृद्धि नभई डेङ्गु रोग सङ्क्रमण भएका जिल्लाको सङ्ख्यासमेत वृद्धि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. रविन भुसालका अनुसार मे महिनामा रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर र ललितपुर गरी छ जिल्लामा डेङ्गु रोगी पहिचान भएकामा जुन महिनामा दोलखा र रामेछापबाहेकका ११ जिल्लामा डेङ्गु सङ्क्रमित भेटिएका छन्।
जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी
गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान रूपचन्द्र गुरुङले गत वर्षदेखि आठ रोपनी जमिनमा जुनार र सुन्तलाको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले सुक्खा मौसममा ती जुनार र सुन्तलाको बिरुवा संरक्षण गर्न भर्खरै दुई लाख ५० हजार रुपियाँ लगानी गरी १६ हजार लिटर क्षमताको सिँचाइ पोखरी पनि बनाउनुभएको छ ।
अपाङ्गता भएका आदिबासी महिलाको सवाल प्राथमिकतामा नपरेको गुनासो
आदिबासी जनजाति अपाङ्गता भएका महिलाको विषय सञ्चार माध्यममा प्राथमिकता नपाएको भन्दै सरोकारवाला पक्षहरुले गुनासो गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई सञ्चार माध्यममले प्राथमिकता नदिइरहेको अवस्थामा अपाङ्गता भएका आदिबासी महिला झन समस्यामा रहेको उहाँहरुको भनाइ छ ।
छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते
मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । पूर्व– पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका –९ चौधमाईस्थित सडक खण्डमा बुधबार हेटौँडाबाट मनहरीतर्फ जाँदैगरेको ना.१ ज ७७०१ नम्बरको म्याजिक गाडीले सोही दिशाबाट जाँदैगरेको ना २८ प १०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तस्बिरमा सीता दाहालको बिदाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
सिन्धुलीमा ५७ प्रतिशत रोपाइँ
सिन्धुली जिल्लामा यो वर्ष हालसम्म ५७ प्रतिशत रोपाइँ सकिएको छ । सिन्धुली जिल्लामा यो वर्ष मनसुन ढिलो सुरु भएकाले बुधबारसम्म ५७ प्रतिशत अर्थात् नौ हजार एक सय ८१ हेक्टरमा सम्पन्न भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
ठुला आलु फलाउने किसान सम्मानित
दोलखाको शैलुङ गाउँपालिकाका किसान तेजबहादुर कार्कीले ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको छ । गाउँपालिका-८ भैँसेका किसान कार्कीले आलुखेती गर्न लागेको निक्कै समयपछि पहिलो पटक ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको हो ।
उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाहीमा
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।
लम्पी स्किन नियन्त्रण गर्न गोठ-गोठमा पशु प्राविधिक
लम्पी स्किन रोगले गाईवस्तु मर्न थालेपछि दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्किन रोगविरुद्ध कृषक गोठ अभियान सुरु गरेको छ
प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताउनुभएको छ ।
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने
विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।
काेशीको मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
शोकमग्न पेरिसडाँडा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसँगिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
राष्ट्रपतिले दिनुभयो टेलिफाेन गरेर प्रधानमन्त्रीलाई समवेदना
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ ।
सीता दाहालको पार्थिव शरीर माओवादी पार्टी कार्यालयमा लगियो
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ ।