• १३ साउन २०८१, आइतबार

सीता दाहालको पार्थिव शरीर माओवादी पार्टी कार्यालयमा लगियो

blog

नर्भिक अस्पतालबाट सीता दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालयमा लगिँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी ६९ वर्षीया सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको हो ।

श्रद्धाञ्जलीका लागि अहिले नर्भिक अस्पतालबाट सीताको पार्थिव शरीर निकालेर पार्टी कार्यालय लगिएको छ । दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।

नर्भिक अस्पतालका चिकित्सक प्रा. डा. युवराज शर्माले हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पताल लगिएको सीता दाहालको उपचारकै क्रममा ८ः३३ बजे निधन भएको जानकारी दिनुभएको थियो ।


यो पनि पढ्नुहोस

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सीता दाहालको अन्त्येष्टि आजै गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन