• १३ साउन २०८१, आइतबार

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौं, असार २७ गते । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसँगिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज (बुधबार) एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।