• १३ साउन २०८१, आइतबार

तस्बिरमा सीता दाहालको बिदाइ

blog

सीता दाहालको अन्त्येष्टि हुँदै गर्दा पशुपति आर्यघाटमा पुगेका शुभचिन्तक । तस्बिरः प्रदीपराज वन्त

तस्बिरः मनोजरत्‍न शाही/केशब गुरुङ 

काठमाडौं, असार २७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। उहाँको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर नेपाल सरकारको तर्फबाट उपपप्रधानमन्त्री पूर्णबहादुर खड्काले अन्तिम श्रद्धाञ्जलि दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ। प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो।













यो पनि पढ्नुहोस

पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

सबैलाई मिलाउने सीताको बिदाइ

सीताको अन्त्येष्टिमा पशुपतिमा शुभचिन्तकहरूको भीड

दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

दाहालको अन्त्येष्टिमा राजकीय सम्मान दिइने

सीता दाहाल : एक शान्त सारथि

शोकमग्न पेरिसडाँडा

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सीता दाहालको अन्त्येष्टि आजै गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

बागमती प्रदेश प्रमुख शर्माद्वारा समवेदना प्रकट

 बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनुभएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो। पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो। त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो।