• १३ साउन २०८१, आइतबार

शोकमग्न पेरिसडाँडा

blog

अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको सीता दाहालको पार्थिव शरीर । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट उहाँको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो ।

बुधबार दिउँसो १ बजेसम्म दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।     



यो पनि पढ्नुहोस

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सीता दाहालको अन्त्येष्टि आजै गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन