• १८ चैत २०८२, बुधबार

श्रीलङ्काद्वारा ३९ वटा देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी

blog

कोलम्बो,चैत १८ गते । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तीलाई निः शुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियम मन्त्रिपरिषदको स्वीकृतिपछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।

पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई-२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले  पत्रकारसँगको साक्षातकारमा बताउनु भएको छ । 

अध्यागमन र आप्रवासन ऐनका प्रावधान अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियम तयार गरेको जनाइएको छ । जुन नियम अनुमोदनका लागि संसदमा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ । रासस/सिन्ह्वा