• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिले दिनुभयो टेलिफाेन गरेर प्रधानमन्त्रीलाई समवेदना

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, असार २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दुःख व्यक्त गर्नुभएको हो । दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सीता दाहालको अन्त्येष्टि आजै गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन