• १३ साउन २०८१, आइतबार

बागमती प्रदेश प्रमुख शर्माद्वारा समवेदना प्रकट

blog

पशुपति आर्यघाटमा सीता दाहालको अन्त्येष्टि ।

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गर्नुभएको छ । आज समवेदना पत्र जारी गर्दै  प्रदेश प्रमुख शर्माले सीता दाहालको निधनले आफूलाई स्तब्ध बनाएको जनाउनुभएको छ । 

शर्माले यस दुःखद् घडीमा दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८.३३ बजे ६९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । रासस