• १५ मंसिर २०८१, शनिबार

काेशीको मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, असार २७ गते । कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । बुधबार  सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।

कोशी प्रेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते   वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्नुभएको हो ।

उक्त रिटमा यसअघि आइतबार, सोमबार र मङ्गलबार पेसी तोकिए पनि उक्त रिट निवेदनमा सुनुवाइ हुन सकेन । लगायत तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त रिट निवेदन बुधबार चौथो दिन सुनुवाइका लागि पेसी तोकिएको हो ।