भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ ।
विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।
दोलखामा करिब ४३ प्रतिशत रोपाइँ सकियो
दोलखामा यो वर्ष अहिलेसम्म ४२ दशमलव ८ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । वर्षा ढिलो भएका कारण जिल्लाका विभिन्न स्थानमा हालसम्म ४२ दशमलब ८ प्रतिशत भु–भागमा मात्र धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो ।
ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित
कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् ।
चुरे संरक्षणमा शान्ति समाजको जोड
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र
पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो ।
छात्रवृत्तिका लागि परीक्षा आफैँ लिने तयारीमा कामपा
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैँले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताउनुभएको हो ।
ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउनू : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ ।
सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री
चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गर्नुभयो ।
गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : डा. शशाङ्क
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।
बागमती प्रदेश सभा बैठक आज ११ बजे बस्दै
बागमती प्रदेश सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेपछि आइतबार दिउँसो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्ने सूचना टाँस भएको हो ।
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।
नारायणगढ मुग्लिन सडक खण्ड खुलेपछि
इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक आइतबार साँझ ६ बजेसम्म अवरुद्ध भएको थियो ।
सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्छः मेयर महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ । निर्माण कम्पनीलाई सफल बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उहाँको भनाइ छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
एमाले र राप्रपाद्वारा प्रदेश सभा बैठक अवरुद्ध
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित बजेट विनियोजन गरिएको भन्दै आज (आइतबार) को प्रदेश सभाको बैठक दुई दलका सांसदले अवरुद्ध गरेका हुन् ।
ललिता निवास क्षेत्रको खाली जमिन संरक्षणमा महानगरको चासो
बालुवाटारस्थित ललिता निवास अन्तर्गत रहेको खाली जग्गा संरक्षणमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ।
माग सम्बाेधन नभए एमालेले बैठक चल्न नदिने
गत मङ्गलबारदेखि बागमती प्रदेश सभा बैठकमा अवरोध गर्दैआएको नेकपा (एमाले) ले माग सम्बाेधन नभएसम्म बैठक चल्न नदिने जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।
पश्चिम चितवनमा बाढीको जोखिम घट्दै
घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्यो । वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन् । यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन् ।
सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक
सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।
बजेटमा छलफल गर्न बागमती प्रदेश सभाको बैठक बस्दै
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ ।