• २३ वैशाख २०८१, आइतबार

बजेटमा छलफल गर्न बागमती प्रदेश सभाको बैठक बस्दै

blog

बागमती प्रदेशको प्रदेश सभा बैठक । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, असार १७ गते । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलको लगातारको विरोधपछि गत बुधवार स्थगित गरिएको थियो । विपक्षी दल र सत्तापक्षबीच सहमति जुट्न नसकेपछि गत मङ्गलबार र बुधवारको बैठक स्थगित भएको हो । विपक्षी दलको लगातारको अवरोधपछि प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी सभामुख भुवनकुमार पाठकले बोलाउनुभएको हो । 

एमाले र राप्रपाले आगामी आवको बजेट असन्तुलित र भेदभाव पूर्ण भएको भन्दै बजेटको विरोध गर्दै आएका छन् ।