• १३ साउन २०८१, आइतबार

ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउनू : काठमाडौं महानगर

blog

काठमाडौं महानगरपालिका ।

काठमाडौं, असार १८ गते । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ ।  सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो ।

महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरले सूचनामा भनेको छ, ‘‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्ने काडमाडौं महानगरपालिकाले अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माणकार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’’

सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्चसमेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।