• १५ मंसिर २०८१, शनिबार

ललिता निवास क्षेत्रको खाली जमिन संरक्षणमा महानगरको चासो

blog

खाली जग्गा संरक्षणका लागि ललिता निवास क्षेत्रमा पुगेको महानगर प्रहरीको टोली। तस्बिर : विकास द्वारे

काठमाडौं, असार १७ गते। बालुवाटारस्थित ललिता निवास अन्तर्गत रहेको खाली जग्गा संरक्षणमा काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ। 

आइतबार दिउँसो महानगर प्रहरीले खाली जग्गा संरक्षणको प्रयास थालेको हो। खाली जग्गा घेरबार गरेर संरक्षण गर्ने तयारी भएको महानगरी प्रहरीले बताएको छ। 

ललिता निवास क्षेत्रको जग्गामा अनियमितता भएको भन्दै यो जग्गा लामो समयदेखि विवादमा छ।