• १५ मंसिर २०८१, शनिबार

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

blog

नारायणगढ–मुग्लिन सडकखण्डमा देखिएको सवारी चाप । तस्बिर : रासस

शालिग्राम नेपाल

चितवन, असार १७ गते। नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। शानिबार रातिदेखि बन्द भएको बाटो आइतबार साँझ ६ बजेबाट सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  

पहिरोको कारण १७ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति १२ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।