• १५ मंसिर २०८१, शनिबार

माग सम्बाेधन नभए एमालेले बैठक चल्न नदिने

blog

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आज दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलन । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार १७ गते । गत मङ्गलबारदेखि बागमती प्रदेश सभा बैठकमा अवरोध गर्दैआएको नेकपा (एमाले) ले माग सम्बाेधन नभएसम्म बैठक चल्न नदिने जनाएको छ । 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक एमालेले अवरोध गर्दैआएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आइतबार एमाले संसदीय दलको कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित रुपमा बजेट विनियोजन गरिएको बताउनुभयो । 

पार्टीको ११ बुँदे माग सार्वजनिक गर्दै ती माग सरकारले पूरा नगरेसम्म प्रदेश सभाको बैठक चल्न नदिने उहाँले बताउनुभयो । एमालेले प्रदेशका १३ वटै जिल्लामा प्रदेश गौरवका योजनालाई बजेटमा व्यवस्था गरिनुपर्ने लगायतका माग गरेको छ ।

बजेटप्रतिको एमालेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ । विपक्षी दलको लगातारको अवरोधपछि प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्नेगरी बोलाइएको भए पनि बैठक सुरु हुन सकेको छैन ।