• ११ असोज २०८१, शुक्रबार

जातीय विभेदविरुद्ध जसपाले खबरदारी कार्यक्रम गर्ने

blog

काठमाडौं, असार २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि डेराबाट निकालिएको घटनाको विरोधमा जसपाले खबरदारी कार्यक्रम गर्न लागेको हो ।

जसपाको केन्द्रीय प्रचार विभागले काठमाडौंको माइतीघर मण्डलामा बुधबार दिउँसो १ बजे पार्टीका नेता, कार्यकर्ता लगायत आम नागरिकहरुलाई जातीय विभेदविरुद्धको खबरदारी कार्यक्रममासहभागि हुन आह्वान गरेको छ ।

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी⁄दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति संगठनको आयोजनामा हुने बताइएको छ ।