• ६ जेठ २०८१, आइतबार

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न अन्तरिम आदेश

blog

काठमाडौं, असार ७ गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरूमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश शर्माले मुद्दा फिर्ताको कारण पेस गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ ।

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

उपप्राध्यापक चलाउनेमाथि विसं. २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थियो । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो ।