• २६ वैशाख २०८१, बुधबार

छ सय विद्यार्थीद्वारा ओलम्पिक मेडल पेन्टिङ (फोटो फिचर)

blog

विश्व ओलम्पिक दिवसको अवशरमा बिहीबार वसन्तपुरको डबलीमा छ सय बालबालिकाले मेडल पेन्टिङ गर्दै । तस्बिरः मनोज रत्न शाही

काठमाडौं, असार ७ गते । विश्व ओलम्पिक दिवसको अवसरमा बिहीबार वसन्तपुरको डबलीमा छ सय बालबालिकाले मेडल पेन्टिङ गरेका छन् । दुई वर्षदेखि छ वर्षसम्मका बालबालिकाले ओलम्पिक मेडलको पेन्टिङ गरेका हुन् ।

काठमाडौं भित्रका २२ वटा विद्यालयका प्रि स्कुल (युकेजी) सम्म अध्ययन गर्ने बालबालिकाहरूले ओलम्पिक दिवस मनाउन एक साता अभियानअन्तर्गत आज अन्तिम कार्यक्रमअन्तर्गत पेन्टिङ कार्यक्रम सम्पन्न गरेको हो ।

ओलम्पिक बारे बालबालिकामा जानकारी दिनुका साथै पेन्टिङले उनीहरूमा कलर थेरापी हुने, आफ्नो प्रस्तुति वृद्धि हुने र कलर र पेन्टिङ क्षमता वृद्धि हुने आयोजक प्रि स्कुल ओलम्पिक कमिसनका संस्थापक अध्यक्ष राज्य लक्ष्मी वैद्यले जानकारी दिनुभयो ।

धेरै विद्यालयबाट बालबालिकाहरू सहभागी हुनाले एक विद्यालयबाट अर्को विद्यालयका विद्यार्थी बीचको भेटघाट भएको र वसन्तपुरको डबलीमा कार्यक्रम आयोजना गरिएकाले हेरिटेजको महत्त्वबारे समेत विद्यार्थीहरूमा जानकारी लिने अवसर मिलेको प्रि स्कुल ओलम्पिक कमिसनका महासचिव सम्झना बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाल ओलम्पिक कमिसनअन्तर्गत गठन गरिएको यो कमिसनले गत असार २ गतेदेखि अभिभावकको र्‍याली हुँदै एक साता व्यापी कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयहरूमा साता भरी विभिन्न क्रियाकलाप सम्पन्न गरिएको थियो । आज आयोजित कार्यक्रमलाई सपोर्ट अफ अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

तस्बिर : मनोज रत्न शाही 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।