• १२ मंसिर २०८१, बुधबार

अति आवश्यक औषधि उपलब्ध गराउन आग्रह

blog

औषधि व्यवस्था विभाग ।

काठमाडौं, असार ५ गते । औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

विभागले सूचना निकाल्दै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र संघसंस्थाहरुलाई अति आवश्यक औषधिहरूको उपलब्धता तथा सुनिश्चित गराउन आग्रह गरेको हो ।

बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यक औषधिहरू बजारमा उपलब्ध नभएको जनगुनासो पटक–पटक विभागमा आउने गरेको प्रति ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।