भाषा संरक्षणमा जुटे तामाङ समुदाय
चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् ।
स्वास्थ्य शिविरबाट चार सय महिला लाभान्वित
दोलखाको तामाकोशी गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी महिला लाभान्वित भएका छन्। गाउँपालिकाले आयोजना गरेको यो शिविरमा महिलाको आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी समस्यालगायतको स्वास्थ्य जाँच गरिएको गाउँपालिकाले जनाएको छ।
सेवा प्रवाह र प्रदेशको सबलीकरण प्राथमिकतामा
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आर्थिक वर्षको तुलनामा सङ्कुचन भएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ।
तथ्यपरक ढङ्गले इतिहास लेखन गर्न थारु अगुवाहरुको सुझाव
थारु समुदायको इतिहास बंग्याउने र विवादमा ल्याउने काम पटक पटक भइरहेको भन्दै थारु समुदायका अगुवाले इतिहास लेखनमा खेलवाड नगरी तथ्यपरक ढङ्गले लेखनको काम गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।
बागमती प्रदेश सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट विनियोजन गरेको छ।
काठमाडौंमा मगर समुदायले मनायो भूम्या (फोटो फिचर)
भूमिको पूजा गरेर मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन्। यो पर्व काठमाडौंमा तीन दिनसम्म मनाइन्छ।
महानगरप्रमुख बालेन्द्र साहलाई सात दिने स्पष्टीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंम महानगरपालिका प्रमुख बालेन्द्र साहलाई लिखित स्पष्टीकरण सोधेको छ ।
नदीमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु
भारतको अयोध्यादेखि देवघाट तीर्थयात्रामा आएका एक यात्रीको नदीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
गृह मन्त्रालयले सुगम र दुर्गम मिलाएर गर्यो प्रजिअको सरुवा
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
खर्च व्यवस्थापनका लागि डोका थुन्से बुन्दै किशोरीहरु
बेलुकीपख, धुसेनी गाउँबाट हेर्दा लतापको डाँडाबाट घाम डुब्नै लागेको थियो । गाउँका बालबालिका हतार–हतार घरभित्र जान्छन् र विद्यालयको पोषाक परिवर्तन गरेर सामान्य खाजासहित बाँसका चोया लिएर आँगनीको डिलमा बस्नुभयो । बाबुआमाले काटिदिएको बाँसको चोयाबाट कलिला बालबालिका निकै सुन्दर थुन्से डाला बुनेका छन् ।
राजस्व सङ्कलनमा कमी देखिएपछि बजेट आकारमा सङ्कुचन
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट बागमती प्रदेश सभामा पेस गरिएको छ । आज दिउँसो ३ बजेबाट सुरुभएको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले पेश गर्नुभएको हो ।
जसपाको केन्द्रीय समिति बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ ।
बागमती प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
राममणि दाहालहेटौँडा, असार १ गते। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशको आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्नुभएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बजेट पेश गर्नुभएको हो।
तीन जिल्लामा विद्युत आपूर्ति सहज हुँदै
रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका –१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सब-स्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सब-स्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष डा. भट्टराईबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ ।
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
पर्यटन प्रवर्द्धनका लागि 'बुलेट राइड'
पर्यटन प्रवर्द्धनका लागि बुलेट मोटरसाइकल राइड सुरु गरिएको छ ।
बैङ्कको ब्याजदर घटाउन आग्रह
सांसद् दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसँगको व्यापार घाटाका विषयमा छलफल नभएकाेमा चिन्ता व्यक्त गर्नुभएको छ ।
आजको मौसम : मनसुन देशभर फैलँदै
हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ ।
उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता
वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित हुनुभएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।
नेकपा एस समाजवादी मोर्चामा सहभागी हुने
नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
बसपार्क बाहिरका टिकट काउण्टर हटाइए
काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।