अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आज (मङ्गलबार) देखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ ।
लेखकहरूले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन : वैरागी काइँला
कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ ।
यसपटक धानबालीका लागि रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय
नेपालमा मनसुन सुरु भएसँगै धानबाली लगाउने चटारो सुरु हुन्छ । मानो रोपेर मुरी फलाउने सिजनको रूपमा रहेको धानखेतीका लागि कृषकहरू अधिकांश आकासे पानीकै भरमा छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (मङ्गलबार) सुनुवाइ हुँदैछ ।
कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।
हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत
तपाईँलाई पत्यार नलाग्न सक्छ १ चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् ।
हरित विद्यालय कार्यक्रम सुरु
सामुदायिक विद्यालयको वातावरणलाई हरियाली बनाएर विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यले दोलखामा हरित विद्यालय कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ। सामुदायिक विद्यालयमा सौन्दर्य बढाउन र वातावरण संरक्षणका लागि हरित विद्यालय कार्यक्रम अन्तर्गत ‘एक विद्यालय एक हरित पार्क’ कार्यक्रम अनुसार बाल उद्यान निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो।
दोलखामा साहसिक पर्यटन प्रवर्धन
दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्धनका लागि ‘रक क्लाइम्बिङ’ सुरु गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा यस क्षेत्रको आर्थिक समृद्धि र विकासमा सहयोग पुग्ने भएकाले ‘रक क्लाइम्बिङ’ सुरु गरिएको सोक्ला पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो।
आश्रममा बसेका र सीमान्तकृतको स्वास्थ्य बिमा
बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने भएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको हो। ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमाबापत लाग्ने खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको हो। बागमती प्रदेशभित्रका कतिपय स्थानीय तहले विभिन्न मापदण्ड बनाएर स्थानीय तहभित्रका नागरिकको स्वास्थ्य बिमा गरिदिँदै आएका छन्।
प्रयोगशालामा कोरलिए घडियालका बच्चा
चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा २० वटा बच्चालाई प्रयोगशालामा राखेर जन्माएको छ। अहिले प्रजनन केन्द्रमा रहेका भालेको स्वास्थ्य राम्रो नभएपछि २० वटा अन्डालाई प्रयोगशालाको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो। प्रजनन केन्द्रमा रहेको र नदीबाट ल्याएको गरी दुईवटा भाले भए पनि स्वास्थ्य राम्रो नरहेका कारण प्रजनन क्षमता कमजोर भएकाले प्रयोगशालाको भर पर्नु परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
बसपार्क सञ्चालन गर्न कार्यविधि पारित
मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेको छ ।
राष्ट्रिय कविता महोत्सवमा कविहरूको आकर्षण
नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिनको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ ।
विद्यार्थीलाई साइकल प्रदान गरिने
मकवानपुरको मनहरी गाउँपालिका -४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमा अध्ययनका लागि टिकाई राख्न साइकल प्रदान गर्ने योजना ल्याएको छ । विद्यालयले मनहरी गाउँपालिका वडा नं. ४ को कार्यालयको सहयोगमा विद्यार्थीलाई साइकल प्रदान गर्ने योजना ल्याएको हो ।
सामुद्रिक तट सम्झाउने नारायणी किनार
आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।”
पहिरोको उच्च जोखिममा २१ जिल्ला
नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् ।
कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता
कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको शहीद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गरिने भएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीको उजुरीमाथि बुधबारदेखि छलफल हुने
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।
अनामनगरको सार्वजनिक जग्गामा महानगरले चलायो डोजर (फोटो फिचर)
काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् ।
यस्तो छ आजको मौसम
हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
सूर्यविनायक–धुलिखेल सडक : पुरातात्त्विक वस्तु नष्ट नगर्न परिपत्र
पुरातत्त्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ ।
सुके निकुञ्जका ताल
अत्यधिक गर्मीले सुक्खा भएपछि चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी सुक्न थालेका छन्। लामो समयदेखि पानी नपरेको तथा सुक्खा र तातो हावा चल्न थालेकाले निकुञ्जका ताल र पोखरी सुक्न थालेका हुन्। निकुञ्जभित्रका पानीका स्रोत सुकेपछि पानीको खोजीमा जनावर अन्यत्र जान थालेका छन्। ताल सुक्न थालेपछि गैँडा, हरिण, मृग, जरायो, बँदेललगायतका जनावर पानीको स्रोत खोज्दै हिँडेको निकुञ्ज कार्यालयले जनाएको छ।
गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले आक्रमण गर्दा नजिकैको सामुदायिक वनमा निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ ।
गर्मी छेक्ने छाता
चितवनको भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी । पछिल्लो साता जिल्लाको तापक्रम ४० डिग्री आसपास हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।