• २८ वैशाख २०८२, आइतबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, जेठ ३० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (मङ्गलबार) सुनुवाइ हुँदैछ ।

पूर्व बाल सैनिक लेनिन विष्टले दायर गर्नुभएको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको हो ।

यही जेठ २६ गते  न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रधानमन्त्री प्रचण्ड र भट्टराईविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको हो ।

पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुग्नुभएको थियो । तर सर्वोच्चले उक्त रिट दरपिठ गरेपछि विष्ट दरपिठविरुद्ध सर्वोच्च पुग्नुभएको थियो ।

यो पनि पढ्नुहोस