होमस्टेले फेरियो माडीवासीको जीवनस्तर
जङ्गली जनावरले सताएको माडीका बासिन्दाको आर्थिक अवस्था होमस्टेले फेरेको छ। लगाएको बाली चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका जनावरले खाइदिने र बचेको बाली बाढीले बगाइदिने जस्ता समस्या वर्षौँदेखि भोग्दै आएका माडीवासी होमस्टे सञ्चालन हुन थालेपछि खुसी छन्। माडीवासीका होमस्टेमा पर्यटक आउन थालेका छन् भने निकुञ्जबाट आउने जनावर रोक्न तारबार र छेकबार लगाइएको छ, बाढी नियन्त्रणका लागि तटबन्धका काम भएका छन्।
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरको परिपत्र
काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।
वीर अस्पतालकी जोशी 'नाईटेङ्गल नर्सिङ अवार्ड-२०२३' बाट सम्मानित
“नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ ।
आमसञ्चारसम्बन्धी कानुन निर्माण पहिलो प्राथमिकता : सञ्चारमन्त्री शर्मा
आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारी सञ्चारमाध्यमको पुनः संरचना जोड दिँदै सरकारलाई प्रतिवेदन बुझाएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रालयमा समितिले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनको प्रतिवेदन बुझाएको हो ।
फिल्म 'कार्साङ'मा दयाहाङ अनुबन्धित
अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित हुनुभएको छ । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म 'कार्साङ'मा उहाँ अनुबन्धित हुनुभएको हो ।
नेकपा एमालेमा ७० वर्ष उमेरहद हटाइयो
नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो ।
पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी : मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आज (बुधबार) देखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुने : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताउनुभएको छ ।
ठगी गर्ने दुई पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने
सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
मन्त्रिपरिषद् बैठक सम्पन्न : यी हुन् निर्णयहरू
बिहान सुरु भएको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मङ्गलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण आज बसेको बैठकले विभिन्न निर्णयहरू गरेका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मङ्गलवार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न सकिने अवस्थामा आएको छ। दक्षिण एसियाकै पहिलो मानिएको यो सुरुङ मार्ग नियमित मर्मतसम्भारको अभावमा जीर्ण बनेको थियो। सुरुङ मार्गको करिब बिच भागमा सुरुङ धसिएर पुरिएपछि वारपार गर्न सकिने अवस्थामा थिएन। अहिले धसिएको भाग हटाएर सुरुङ वारपार गर्न सकिने भएको हो।
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
निर्माणाधीन कलङ्की–महाराजगन्ज सडकको अनुगमन
दोस्रो चरणमा बिस्तार हुन गइरहेको चक्रपथ सडक खण्डको कलङ्कीदेखि महाराजगन्जसम्मको सडकको अवस्था बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले अनुगमन गर्नुभएको छ ।
सुनकोशीमा वेपत्ता सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो
सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ ।
एकै ठाउँमा बसेर पढ्नुपर्दा सकस
पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलाई चार घण्टा एकै ठाउँमा बसेर पढ्नु हिँडुवालाई थुनेर सजाय दिएजस्तो लाग्छ ।
छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ ।
अझै भेटिएनन् सुनकोसीमा बेपत्ता कर्मचारी
सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरूको अझै खोजी भइरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज (मङ्गलबार) सकिएको छ ।
आन्तरिक पर्यटकको गर्मी छल्ने गन्तव्य बन्दै लामो झरना
केही दिन यता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै यो साता चितवन जिल्लाका विद्यालयहरू पनि बन्द छन् । आम जनमानस गर्मीले छटपटाइरहेको यो बेला इच्छाकामना –६ जलविरेमा रहेको लामो झरनामा स्थानीयको भिडभाड लागेको छ ।